After SEE Portal

किताब नहेरी शैक्षिक सत्र सकिँदै

Bridge Course

चिसो मौसम, गाउँपालिकाको केन्द्रसम्म पुग्न करिब तीन दिन पौदल हिड्नुपर्छ । पर्याप्त भौतिक पूर्वधार तथा प्रविधिको विकास हुन सकेको छैन । ‘सहजै सबैको पहुँच पुग्नु भनेको फलामको चिउरा चपाउन जतिकै कठिन छ ।’ डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित तापिरिचा माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम शर्मा भन्छन्, ‘तर बाध्यता र विवशताको बीचमा सबै कुरा नपुगे पनि पुगेझैँ गरी काम गर्नुपर्ने बाध्यता छ ।’

अहिले कोभिडको समस्याग्रस्त अवस्थामा सो विद्यालयले विद्यार्थीलाई गाउँगाउँमा परिचालित गरी सिकाइ सहजिकरण गर्दै आएको छ । ‘समस्या, अभाव र सहजताको हिसाब छैन ।’ उनी भन्छन्, ‘अब शैक्षिक सत्र सकिने समय भइसकेको छ । केही समयमै हिमपात शुरु हुन्छ, घरबाहिर जान नै मुस्किल हुन्छ ।’

पर्वत स्थायी घर भएका प्रधानाध्यापक शर्मा विगत १० वर्ष अगाडिदेखि सोही विद्यालयमा कार्यरत छन् । उनको विदालयमा १६ जना शिक्षक छन् । केही संघसंस्थाको सहयोगमा सो विद्यालयमा शिक्षक व्यवस्था गरिएको छ । सरकारी दरबन्दी र संघसंस्थाको सहयोगमा कार्यरत शिक्षकको भरमा उपल्लो डोल्पाका विद्यालय सञ्चालनमा छन् ।

सो क्षेत्रमा यातायातको सुविधा छैन् । आवश्यक सामग्री दुनैबाट खच्चडमा ल्याउने गरिन्छ । केही हुनेखानेहरु चिसो छल्न तल झरे पनि गरिब परिवार आवश्यक सामग्री जुटाएर उपल्लो डोल्पामा बस्न बाध्य हुन्छन् ।

सरकारले उपलब्ध गराउँदै आएको खोपदेखि अन्य सुविधाबाट उपल्लो डोल्पाका बालबालिका हिमपातको समयमा सेवाविहीन भएर बसिरहेको प्रधानाध्यापक शर्माले बताए ।

जिल्लाभित्र प्राकृतिक नाकाबन्दी हुँदा चाहेको कामसमेत गर्न नसकिने अवस्था रहेको शर्माको पीडा छ । अघिल्लो वर्ष केही काम गर्न सकिएको भए पनि यो वर्ष भने विद्यालय खुल्ने समयमा बन्दाबन्दी हुँदा पढाइ रोकियो तर सरकारले विद्यालय खोल भनी आग्रह गरेको समयमा प्राकृतिक नाकाबन्दी भयो ।

उपल्लो डोल्पाको शैक्षिक सत्र खेर गएको उनको भनाइ छ । अहिले अधिकांश विद्यालय बन्द छन् । आवासीय विद्यालयमा समेत विद्यार्थी नहुँदा पढाइमा समस्या भएको छ ।

बाहिर जिल्लामा भएका शिक्षकहरु आउन पाएका छैनन्, जिल्लाभित्र रहेका शिक्षकले केही काम गरिरहेको बताइन्छ । कयौँपटक आफ्नै विद्यार्थी बिरामी हुँदा उपचारमा समेत सकस परेको घटनाले शर्मालाई झस्काउने गर्दछ ।

नजिकै स्वास्थ्य संस्था नहुनु र भएका स्वास्थ्य संस्थामा समेत पर्याप्त औषधि नहुँदा आफूजस्तै धेरै शिक्षक हैरान भएको उनको भनाइ छ । उपल्लो डोल्पाको मौसमसँग पौँठेजोरी खेल्दै सो अनूकुल आफूलाई रूपान्तरण गर्नु चानचुने कुरा नभएको उनी बताउँछन् ।

आफूले पढाउने विद्यालयभन्दा माथि छार्का र डोल्पोबुद्धका विद्यालयमा पढाउने शिक्षकको झनै समस्या छ । भाषा नमिल्ने अर्को समस्या त छँदैछ तर यहाँको हावापानीसँग आफूलाई अभ्यस्त गराउनु सबैभन्दा ठूलो चुनौती छ । आफ्नै उत्पादनले थोरै महिना मात्र पुग्ने उपल्लो डोल्पामा बाहिरबाट गएर पढाउने शिक्षकहरुले कसरी खाद्यान्न आपूर्ति गर्ने भन्ने ठूलो समस्या रहँदै आएको छ ।

चिसो मौसममा व्यवस्थापनको समस्याले गर्दा प्रहरी चौकीसमेत दुनैमा सार्ने गरिन्छ । अहिले विद्यार्थीको सङ्ख्या यति नै छ भनेर यकिन तथ्याङ्क नै नभएको शिक्षा समन्वय एकाइ डोल्पाले जनाएको छ । अहिले उपल्लो डोल्पामा खाद्यान्न सङ्कटसमेत देखापरेको छ । बर्सेनि आयातित अन्न खाएर जीवन चलाउने उपल्लो डोल्पावासी अघिल्लो वर्षकै चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपल्लो डोल्पामा ढुवानी गर्न नसक्दा समस्या हुँदै आएको छ । यो वर्ष अब हिमपात शुरु हुने भएकाले हप्ता दिनभित्र चामल ढुवानी नभए प्राकृतिक नाकाबन्दी शुरु हुने गर्दछ । प्रकृतिले नै नाकाबन्दी गरेपछि कसरी विद्यालयमा पढाइ हुन नसक्ने स्थानीयवासी बताउँछन् ।

फागुनदेखि शैक्षिक सत्र शुरु हुने कर्णालीका हिमाली जिल्लाका विद्यालयमा दशैँअघि नै विद्यार्थी अर्धवार्षिक परीक्षा दिएर अन्तिम परीक्षाको तयारीमा जुट्थे । अहिलेसम्म सधै आधाभन्दा बढी पाठ्यक्रम पढाइ भइसकेको हुन्थ्यो ।

विश्वव्यापी कोरोना सङ्क्रमणको महामारीका कारण विद्यार्थीले किताबको पाना पल्टाउन नपाइ नौ महिना बितेको छ । कर्णालीका हिमाली भेगका विद्यार्थीले अहिले सिकताब नै नछोइशैक्षिक सत्र सकिन लागेको अभिभावकहरु बताउँछन् । । साविक कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पाका पूरै तथा कालिकोटको तिलागुफा नगरपालिका र महाबै गाउँपालिकाका विद्यालयमा फागुनदेखि शैक्षिक सत्र सुरु हुने गरेको छ ।

कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार फागुनदेखि शैक्षिक सत्र शुरु हुने ५९६ विद्यालयमा करिब ९५ हजार विद्यार्थी अध्ययनरत छन् ।

फागुनदेखि शैक्षिक सत्र शुरु हुने विद्यालयमा भदौ अन्तिम साता अर्धवार्षिक परीक्षा हुन्छ । दशैँतिहारलगत्तै करिब एक महिना पढाइ भएपछि मङ्सिर अन्तिम साता वार्षिक परीक्षा हुन्छ । पुस १५ सम्म वार्षिक परीक्षाको नतिजा प्रकाशन गरी फागुनसम्मका लागि हिउँदे बिदा दिने गरिन्छ । यस हिसाबले हेर्दा तिहारपछि विद्यालय खुलिहाले पनि हिमाली विद्यालयहरूसँग पढाइ र परीक्षाका लागि एक महिना पनि समय छैन ।

A Levels MA
Thuprai - Books and E-books