त्रिभुवन विश्वविद्यालयले ७७ हजार बढी विद्यार्थीलाई दीक्षित गर्न को ४९औँ दीक्षान्त समारोह पुस दुई गते दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना गर्ने भएको छ ।
सो समारोहमा २०७९ साल असार १ गतेदेखि २०८० साल जेठ ३२ गते सन् ( १५ जुन २०२२ देखि १५ औं जुन २०२३) सम्ममा स्नातक तहदेखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन् ।
६४ औं वार्षिक दिवसको अवसरमा पारित ६४ औं ग्रेस लिष्टमा २०७९ असार १ देखि २०८० जेठ मसान्त सम्ममा ट्रान्सक्रिप्ट लिइसकेका कुल ७७ हजार १ सय ३ विद्यार्थी रहेका छन् । त्रिवि सभाबाट पारित सो ग्रेस लिष्टमा व्यवस्थापन संकायबाट २८ हजार ४ सय ३८, शिक्षाशास्त्र संकायबाट १८ हजार १ सय ६३, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १५ हजार १८, कानुन संकायबाट २ हजार ३ सय ६३, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ७ हजार २ सय ७८, इन्जिनियरिङ्ग अध्ययन संस्थानबाट २ हजार ८ सय ८३, चिकित्साशास्त्र अध्ययन संस्थानबाट २ हजार १०, कृषि र पशु विज्ञान अध्ययन संस्थानबाट ६ सय ५०, वन विज्ञान अध्ययन संस्थानबाट ३ सय गरी जम्मा ७७ हजार १ सय ३ विद्यार्थी रहेका छन ।
समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ–आफ्नो गाउन,स्कार्फ,टोपी पहिरी बिहान ८ः०० बजेदेखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने त्रिविले जारी गरेको सूचनामा उल्लेख छ ।
त्रिविले गाउन,स्कार्फ मङ्सिर २४ गतेदेखि मङ्सिर ३० गतेसम्म बिहान १० बजेदेखि बजेदेखि अपरान्ह ४ बजेसम्म प्रदान गर्ने छ ।
सो समारोहमा विद्यावारिधि (पिएचडी) र दीक्षान्त पदक÷पुरस्कार प्राप्त गर्ने विद्यार्थीलाई सबभन्दा अगाडिको सिटमा आफ्नो नाम तोकिएको सिटमा बस्नेगरी त्रिविले सिट व्यवस्थापन गर्दै आएको छ ।