After SEE Portal

इस्टुको अध्यक्षमा थापा

Bridge Course

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को जेठ १४ र १५ गते छैठौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले होमकुमार थापाको अध्यक्षतामा ४९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

महाधिवेशनबाट सहअध्यक्षमा मोतीराम फुयाँल, वरिष्ठ उपाध्यक्षमा केशवकुमार पाठक र देवीदत्त पौडेल, उपाध्यक्षमा नारायण पौडेल, अञ्जु गौतम, रोहिणीप्रसाद पराजुली, धर्मराज भट्ट, उमेश सापकोटा, सरिता निरौला, दीपक गौतम र सुधीरकुमार झा निर्वाचित भएका छन् ।

महासचिवमा भोलनाथ चालिसे, उपमहासचिवमा मनोज खनाल, अर्थ उपमहासचिवमा इन्दिरा धमला र सचिवमा राम थुलुङ, यादव अधिकारी र जनकराज घिमिरे निर्वाचित भएका छन् । महिला सचिव भने मनोनित गर्न बाँकी छ ।

इस्टुले नेपाल सरकारले दिएको हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा अनिवार्य रूपमा मान्नु पर्ने निर्णय गरेको छ । त्यस्तै, संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई सरकारले तोकेको तलब, सबै खाले बिदा र सबै सुविधा अनिवार्य प्रदान गर्न स्थानीय तहलाई आग्रह गर्ने समेत जनाएको छ ।

कोभिड लकडाउनका कारणले रोकिएको शिक्षकको पारिश्रमिक तुरुन्त प्रदान गर्न, शिक्षकको वृत्ति विकासको लागि तालिमको व्यवस्था गर्न, नेपाल शिक्षक महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग २०७७ फागुन ९ गते गरेको सम्झौता अक्षरस पालना गर्न समेत माग गरेको इस्टुले जारी गरेको घोषणापत्रमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष थापाले विधानअनुसार ६१ जनाको कार्यसमिति पु¥याउनुपर्ने भएकोले बाँकी पद मनोनित गर्ने अधिकार अधिवेशनले नयाँ कार्यसमितिलाई दिएको बताए ।

 

A Levels MA