After SEE Portal

कञ्चनपुरका विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तक

Bridge Course

शैक्षिक सत्र सुरु भएको एक महिना पुरा भइसक्यो ।  तर, कञ्चनपुरका सामुदायिक विद्यालयका सबै विद्यार्थीका हातमा अझै  पा्यपुस्तक पुग्न सकेको छैन । कतिपय कक्षाका पाठ्यपुस्तक फेरिएका छन् ।केही पाठ परिमार्जन्  गरिएको छ तर पाठ्यपुस्त अभाव हुँ अधिकांश विदालयले पुरानै कोर्स पढाउन बाध्य भएका छन् ।  पाठ्यपुस्तक छैनन् । कक्षा कोठामा त्यतिकै बस्नु  पनि नहुने ।  विद्यालयले कहिले विद्यार्थीलाई निबन्ध, निवेदन, चिठ्ठी पत्र लेख्ने तरिका सिकाउँदै विदालयले दिन बिताउने गरेका छन् ।‘केही कक्षामा विद्यार्थीलाई पुराना पुस्तक दिएर काम चलाउँदै आएका छौँ’, शुक्लाफाँटा नगरपालिका– ६ मा रहेको बैजनाथ माध्यमिक विद्यालयका शिक्षक प्रकाश उप्रेतीले भने, ‘पाठ्यपुस्तक फेरिएका कक्षामा पठनपाठन गराउन कठिन भएको छ ।’

कक्षा ४, ७ र ९ को कोर्सनै परिवर्तन भएको छ । ती कक्षाका विद्यार्थीलाई कसरी पढाउने भन्ने पिरलो बढी रहेको उनको गुनासो छ ।

शुक्लाफाँटाका अधिकांश सामुदायिक विद्यालयमा अझै नयाँ पाठ्यपुस्तक पुगेका छैनन् । सुगमको क्षेत्र भए पनि पाठ्यपुस्तक नपुग्नु बिडम्बनानै भएको पूर्व शिक्षक शेरबहादुर भण्डारी बताउछन् ।। “पाठयपुस्तक समयमै नपुगे विद्यार्थीले कसरी पढ्न सक्छन् । विद्यालयमा पढाएको कुरालाई घरमा दोहोर्याउनका लागि पाठ्यपुस्तकनै चाहिन्छ”, उनले भने, ‘पाठ्यपुस्तक यो कारणले छपाइमा ढिाला भयो तयो कारणले ढिला भयो भन्नु भन्दा पहिलो प्राथमिकतामा शिक्षालाई राखेर सरकारले काम गरे यस्तो समस्या हाउँदैन ।’

पुनर्वास नगरपालिका– ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय अमरबस्तीका शिक्षक विजय उपाध्याय विद्यालयमा पढ्ने ६० प्रतिशत जति विद्यार्थीले मात्रै नयाँ पाठ्यपुस्तक पाएको बताउछन् । ‘विद्यार्थीको सङ्ख्या अनुसारको पाठ्यपुस्तक माग गरेकै छौं’ उनले भने, “जनक शिक्षा सामग्री केन्द्र लिमिटेड धनगढीले पाठपुस्तक नै पुर्याउन सकिरहेको छैन । पाठ्यपुस्तक पाएका विद्यार्थीले समेत पूरै सेट पुस्तक पाएका छैनन् । एक दुई पुस्तकको अभाव नै रहेको छ ।’

पाठ्यपुस्तक नपुगेका केही विद्यालयका शिक्षकले इन्टरनेटबाट पाठ्यपुस्तक डाउनलोड गरी पढाउनसमेत थालेका छन् । यसरी पढाउने शिक्षकको सङख्या भने थोरै छ ।

कक्षा कोठामा यसरी पढाएका विषय वस्तुलाई विद्यार्थीले घरमा पाठ्यपुस्तकै अभावमा दोहोर्याएर पढ्न पाउने गरेका छैनन् । जसबाट विद्यार्थीको पठनपाठनको कार्यमा अवरोध हुन थालेको छ । ‘शिक्षकले विद्यालयमा मौखिक रुपमा पढाएका विषय घर आउँदासम्म बिर्सीसकेका हुन्छौं’, कक्षा ९ मा पढदै आएका विद्यार्थी अजय चौधरीले भने, ‘पाठ्यपुस्तक भए पढन सजिलो हुन्थ्यो पाउन सकेका छैनौं, कहिले पाइने हो पत्तो छैन ।”

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड धनगढीका प्रमुख ध्रुव पन्त भने सुदूरपश्चिमका नौ वटै जिल्लाका ७० देखि ८० प्रतिशत सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको दाबी गरे । ‘कुनै कुनै कक्षाको पूरै सेट पुग्न सकेको छैन’ उनले भने, ‘अर्को हप्ताभित्रै अपुग भएका किताबसमेत आइपुग्छन् । पाठ्यपुस्तकनै नपुगेका विद्यालयमासमेत छिटो भन्दा छिटो कसरी पाठ्यपुस्तक पुगाउन सकिन्छ । त्यसका लागि काम अगाडि बढाएका छौं ।”

अपुग भएका २० हजार पुस्तक माग गरेको उनले बताए । ‘काठमाडौँबाट पुस्तक ल्याउनुपर्ने हुन्छ’, उनले भने, ‘बाढी पहिरोका कारण सडक ठाउँ ठाउँमा अवरुद्ध हुँदा पाठ्यपुस्तक पुग्न ढिलाइ हुन गएको छ । बाढीपहिरोका कारण अवरुद्ध सडक चलिसकेकाले चाँडै अपुग पाठ्यपुस्तक विद्यालयमा पुग्छन् ।’

 

A Levels MA
Thuprai - Books and E-books