After SEE Portal

त्रिवि सेवा आयोगको अन्तर्वार्ता स्थगित

Bridge Course

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि लिन लागेको परीक्षा स्थगित गरेको छ ।

व्यवस्थापन, समाजशास्त्र, हिन्दी र मैथली विषयका प्राध्यापक र सहप्राध्यापकका लागि आन्तरिक तथा खुलातर्फबाट पदपूर्ति गर्न लिने परीक्षा स्थगित गरेको हो ।

आयोगको कार्यालयबाट आ.ब. २०७७–०७८ मा प्रकाशित आन्तरिक तथा खुल्ला प्रतियोगिताको माध्यमबाट विभिन्न पदहरुको पदपूर्तिका लागि विज्ञापन गरेको थियो । उक्त विज्ञापनका शिक्षक अहिलेसम्म छनोट हुन सकेका थिएनन् । सेवा आयोगले असोज १४ गतेदेखि १८ गतेसम्म शिक्षक छनोटका लागि अन्तर्वार्ता लिएको भएपनि आजको अन्तर्वार्ता स्थगित गरेको हो ।

नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियनले पदपूर्तिको विरोध गरेपछि आयोगले परीक्षा स्थगित गरेको विज्ञप्ति जारी गरी जानकारी दियो ।

ती संगठनले बुधबार साँझदेखि सेवा आयोग, विज्ञान डिनको कार्यालय, त्रिवि पुनरावेदन आयोगको कार्यालयमा अनिस्चितकालीन तालाबन्दी गरेका छन् ।

शुक्रबार हिन्दी विषयको प्राध्यापक र सहप्राध्यापक र समाजशास्त्र विषयको सहप्राध्यापकको अन्तर्वार्ता गर्ने गरी आयोगको तयारी थियो । अन्तर्वार्ताका गर्नका लागि अवरोध खडा गरिएको जनाउँदै त्रिवि सेवा आयोगका प्रमुख केदारनाथ ढकालले अन्तर्वार्ता स्थगित गरिएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

A Levels MA