मंसिर १, २ र ५ गतेसम्म त्रिवि विदा

त्रिभुवन विश्वविद्यालयले मंसिर १, २ र ५ गतेसम्म सम्पूर्ण कार्यालय विदा दिने भएको छ ।  त्रिवि कार्यकारी परिषद्को आजको निर्णय अनुसार आगामी  मंसिर ४ गते हुने  प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका कारण विश्वविद्यालयका क्याम्पस तथा कार्यालयलाई विदा दिने भनएको हो ।

परिषद्को बैठकले अधिकांश क्याम्पस तथा कार्यालयमा निर्वाचनका लागि मतदान केन्द्र राखिएको, कर्मचारी निर्वाचनमा खटिएको र कतिपय स्थानमा मत गणना केन्द्र राखिएकोले मंसिर १, २ र  ५ गतेसम्म विदा गर्ने निर्णय गरेको एक सूचना जारी गरी जानकारी दिएको छ ।

Thuprai - Books and E-books