After SEE Portal

त्रिवि उपकुलपतिको आवेदनसम्बन्धी सूचना रद्द

Bridge Course

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिसम्बन्धी सूचना रद्द गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको शनिबार बसेको बैठकले सो सूचना रद्द गर्ने निर्णय गरेको हो ।

समितिले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै त्रिवि उपकुलपतिका लागि आवेदन माग गरेको थियो । विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको थियो । सो मापदण्डका आधारमा सरकारले चाहेका व्यक्तिलाई उपकुलपतिमा ल्याउन खोजेको भन्दै सर्वत्र विरोध भएको थियो । शुक्रबार नै सो विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छनोट तथा सिफारिस समितिका अध्यक्षसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई कार्यकक्षमा बोलाई तत्काल सो मापदण्ड सच्याउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनअनुसार मापदण्ड तय गर्न अघिल्लो सूचना रद्द गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालय सूत्रले जानकारी दिएको छ ।

छनोट समितिको शनिबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिवर्तन गर्ने विषयमा छलफल गरे पनि निर्णय गर्न सकेन । प्रधानमन्त्री प्रचण्ड सत्ता साझेदार दलहरुको बैठकमा व्यस्त हुनुपरेकोले समितिका पदाधिकारीले उनलाई भेट गर्न सकेनन् । आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट गरी मापदण्ड परिमार्जनका बारेमा अन्तिम टुङ्गो लगाउने मन्त्रालय सूत्रको भनाइ छ ।

उपकुलपति छनोटमा उपप्राध्यापक

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको सदस्यमा उपप्राध्यापकलाई राखिएको प्रति चर्काे विरोध भएको छ ।

समितिको अध्यक्षमा शिक्षामन्त्री अशोक राई र बाँकी दुई सदस्यमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिविका उपप्राध्यापक डा. चन्द्रकला घिमिरेलाई राखिएको छ । उपप्राध्यापक घिमिरेलाई माओवादी कोटामा राखिएको हो ।

उपकुलपतिका लागि प्राध्यापक हुनुपर्ने तर छनोट गर्ने व्यक्ति उपप्राध्यापक भएकोमा प्राज्ञिक क्षेत्रमा निकै विरोध भएको छ । निज उपप्राध्यापक घिमिरे बौद्ध दर्शनसम्बन्धी विषय प्राध्यापक गर्छिन् ।  

 

A Levels MA