After SEE Portal

त्रिवि पुनः बन्दी (साप्ताहिक शैक्षिक गतिविधि साउन २८–भदौ ३)

Bridge Course

परीक्षामा लापरवाही गर्नेलाई कारबाही नगरेको भन्दै नेपाल विद्यार्थी संघको टोलीले पुनः त्रिभुवन विश्वविद्यालयलाई बन्दी बनाएको छ । 

त्रिविको रजिष्ट्रार, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन सङ्कायका डीन एवं केन्द्रीय लेखा र कर्मचारी प्रशासन महाशाखाको कार्यालयमा ताला लगाइएको हो।

विद्यार्थी संगठनको तालाका कारण विश्वविद्यालयको  दैनिक प्रशासनिक तथा आर्थिककार्य प्रभावित भएको छ । ताला खुलाउने विषयमा विद्यार्थी र विश्वविदालयविच अहिले सम्म कुनै सम्वाद हुनै सकेको छैन । पदाधिकारी कार्यकक्षमा लगाइएको तालाका कारण  एक महिनादेखि विश्वविदालयले कर्मचारीलाई तलब दिन नसकेको, बार्षिक कार्यक्रम प्रभावित भएको त्रिविलपे जानकारी दियो ।

यसअघि त्रिविका उपकुलपति, रजिष्ट्रार तथा शिक्षाध्यक्षको कार्यकक्षमा नेविसङ्घ र शिक्षकहरूले १४० दिनसम्म  ताला लगाएका थिए । उक्त तालामध्ये नेविसङ्घले गत जेठ २७ गते र आंशिक शिक्षकले जेठ २९ गते खोलेका थिए ।

त्रिविले सञ्चालन गरेको परीक्षामा चरम लापरबाही हुँदै गएपछि बाध्य भएर आफूहरूले तालाबन्दी गर्नु परेको विद्यार्थीको दाबी छ । त्रिविले  त्रिविले असार २२ गते सञ्चालन गरेको बीबीए छैटौं सेमेस्टरको अर्गनाइजेसन विहेविअर विषयको वार्षिक परीक्षामा मोर्डन नेपाल कलेजको प्रिबोर्डमा सोधिएको प्रश्न सोधिएको थियो । उक्त परीक्षा रद्द गरेर साउन १ गते अर्को परीक्षा सञ्चालन गरेको थियो । 

त्यस्तै बीबीए छैटौँ सेमेस्टरकै नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स विषयको परीक्षाको प्रश्नपत्रको शीर्षकमा सोही विषय राखे पनि प्रश्न सोसोलोजी फर बिजनेस विषयको  प्रश्न सोधिएको थियो ।

त्रिविका विभागलाई मर्ज गरेर स्कुल बनाउने

त्रिविको भिजन २०३ मा विभागलाई मर्ज गरेर स्कुल बनाउने विषय छलफमा त्रिविले तयार गरेको  ‘भिजन २०३०’  मा  सन् २०३० सम्ममा विभागहरूलाई मर्ज गरेर स्कुल बनाउने योजना  तय गरेको छ ।

पुराना विषयमा विद्यार्थीको आकर्षण कम हुँदै गएपछि विभागलाई मर्ज गरेर स्कुल बनाउने नीति त्रिविले लिएको त्रिवि योजना निर्देशनालयले तयार गरेको भिजन २०३० ले समेटेको हो ।

यो विषयमा  विद्यालयका कुलपति तथा प्रधानमन्त्री सहभागी छलफलमा योजना पस्त्ुत गरिसकेको योजना  निर्देशनालयका प्रमुख प्रा।डा।ध्रुवकुमार गौतमले जानकारी दिए । शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोगमा  पहिलो चरणको छलफल गरेको छ ।

भिजन २०३० अन्तर्गत ४० केन्द्रीय विभागलाई मर्ज गरेर १७ वटा स्कुल बनाउने तयारी त्रिविको भए पनि कानुनी बाधाका कारण कामले तीव्रता लिन सकेको छैन । बारम्बार त्रिविमा भइरहने बन्दका कारण प्रशासनिक कार्य प्रभवित भए पछि शिक्षक र विद्यार्थी बराबर, शिक्षक बढी विद्यार्थी कम भएका विभाग पनि सञ्चालन गर्नुपर्ने बँध्यता रहेको त्रिविको गुनासो छ ।

माध्यमिक द्वितीय श्रेणीमा बढुवा भएपछि म्याग्दीका शिक्षक देवीप्रसाद शर्मालाई विदेशबाट समेत सुभेच्छुक र आफन्तजनबाट बधाइको ओइरो लाग्यो । स्वभाविक हो, पदोन्नति हुँदा खुसीको सीमा रहँदैन । खुसीको बेग थामिएकै थिएन उनले हिजो दुःखद् समाचार सुन्नुपर्यो । शिक्षक सेवा आयोगले गोरखापत्रमा सूचना प्रकाशित गरी बढुवाबाट उनको नाम हटाइएको जानकारी दिएको थियो ।

काठमाडौं महानगरपालिकाले गत शैक्षिक सत्रमा दिवा खाजा, सेनिटरी प्याड, पाठ्यपुस्तक बापतको सम्पूर्ण रकम विद्यालयलाई निकासा नगरेको पाइएको छ ।

महानगरले गत आर्थिक वर्षको फागुनदेखिको पैसा विद्यालयलाई नदिएको हो । करिब पाँच महिनादेखि पैसा नपाउँदा विद्यार्थीलाई खाजा खुवाउन समस्या भएको

परीक्षा हलको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक परीक्षार्थीलाई आगामी दुई वर्ष सम्म कुनै पनि प्रतिस्पर्धामा  भाग लिन नपाउने गरी शिक्षक सेवा आयोगले कारबाही गरेको छ ।

उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीबाट शुल्क लिन नपाइने फैलाला गर्यो । समाजसेवी, दान दातव्य दिई धर्म गर्न चाहने स्थानीयवासी, बक्सिस, पुरस्कारलगायतका रकम बाहेक विद्यार्थीबाट अन्य शुल्क नलिने फैसला गर्यो । अदालतले गएको वैशाख २३ गते अन्तरकालीन र जेठ २३ गते अन्तरिम आदेश जारी गर्यो ।

A Levels MA
Thuprai - Books and E-books