After SEE Portal

काठमाडौं महानगरले संघीय सरकारले विद्यालयलाई प्रदान गरेको पैसा दिएन

Bridge Course

काठमाडौं महानगरपालिकाले गत शैक्षिक सत्रमा दिवा खाजा, सेनिटरी प्याड, पाठ्यपुस्तक बापतको सम्पूर्ण रकम विद्यालयलाई निकासा नगरेको पाइएको छ । 

महानगरले गत आर्थिक वर्षको फागुनदेखिको पैसा विद्यालयलाई नदिएको हाे । करिब पाँच महिनादेखि पैसा नपाउँदा विद्यार्थीलाई खाजा खुवाउन समस्या भएको प्रदर्शनी मार्गस्थित पद्मोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले बताए । उनका अनुसार पद्मोदय माविले महानगरपालिकाबाट दिवा खाजा बापतको करिब ६ लाख रूपैयाँ लिनुपर्ने छ । यो पैसा गत फागुनदेखि आसार मसान्तसम्मको हो ।

संघीय सरकारले प्रदान गरेको दिवा खाजा, सेनिटरी प्याड लगायतका रकम विद्यालयलाई प्रदान नगरेपछि आज महानगरपालिका भित्र कार्यरत प्रधानाध्यापक र विभिन्न शिक्षक संघ संगठनका शिक्षक प्रतिनिधिले महानगरपालिको ध्यानाकर्षण गराएका छन् ।

महानगरपालिकाले पाठ्यपुस्तक बापतको करिब २५ प्रतिशत पैसा सामुदायिक विद्यालयललाई दिएको छैन । महानगरले शैक्षिकसत्र सुरुमा पाठ्यपुस्तकको लागि ७५ प्रतिशत पैसा दिएपनि बाँकी पैसा दिएको छैन ।  विगत दुई वर्षदेखि महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूले सेनिटरी प्याड पाउन सकेका छैनन् । संघीय सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राहरूलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराएपनि प्याड निर्माण कम्पनी र महानगरको विवादका कारण छात्राहरू उक्त सुविधाबाट बञ्चित हुनपरेको हो ।

महिनावारीकै कारण विद्यालय छाड्ने समस्या न्यूनिकरण गर्न संघीय सरकारले २०७६ सालदेखि यो कार्यक्रम देशभरका सबै सामुदायिक विद्यालयमा लागू गरेको थियो । तर काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूले २०७७ सालदेखि सेनिटरी प्याड दिएकै छैन । 

फोटो सौजन्यः नारायण  गौतम/प्रधानाध्यापक पद्मोदय मावि

महानगरपालिकाले अघिल्लो शैक्षिक सत्रको उक्त कार्यक्रम बापतको ७५ प्रतिशत रकम पनि विद्यालयले नपाएको जानकारी दिए ।

सङ्घीय सरकारले गत आर्थिक वर्षमा उपलब्ध गराएको दिवा खाजा, पाठ्यपुस्तकको रकम, स्यानीटर प्याडको रकम, नमुना विद्यालयलाई उपलब्ध गराउनु पर्ने रकम एक हप्ता भित्र उपलब्ध गराउन ध्यानाकर्षण गराइएको  प्रधानाध्यापक गौतमले जानकारी दिए ।

महानगरमा गएको प्रधानाध्यापक र पेसागत शिक्षकहरूको रकम एक हप्ता भित्र उपलब्ध नगराएमा महानगरपालिकामा धर्ना दिने समेत चेतावनी दिएको उनले जानकारी दिए । शिक्षक प्रतिनिधि र महानगरपालिकाकी उप प्रमुख सुनिता ढंगोलले एक हप्ता भित्र यो समस्या सम्बोधन हुने जानकारी दिइन् । आजको छलफलमा शिक्षकहरूको तलब व्यक्तिगत खातामा पढाउने विषयमा छलफल गरी हाललाई मासिक रूपमा विद्यालयको खाता हाल्ने विषयमा वित्त विभागसँग छलफल गरी तत्काल प्रकृया अगाडि बढाउने सहमतिको उनले जानकारी दिइन् ।

महानगरभित्र ९२ वटा सामुदायिक विद्यालय छन् । महानगरले यी सबै विद्यालयलाई दिवा खाजा बापतको पूरा पैसा दिएको छैन । संघीय सरकारले गत आर्थिक वर्षसम्म दिवा खाज कार्यक्रमका लागि ५ कक्षा सम्मका विद्यार्थीलाई प्रतिविद्यार्थी दैनिक १५ रूपैयाँका दरले पैसा उपलब्ध गराउँदै आएको थियो ।

A Levels MA
Thuprai - Books and E-books