After SEE Portal

नवीकरण नभएका क्याम्पसलाई कारबाही गर्ने त्रिविको चेतावनी (नवीकरण नभएका क्याम्पससहित)

Bridge Course

त्रिभुवन विश्वविद्यालयले पटकपटक सार्वजनिक सूचना जारी गर्दा समेत त्रिविका १७५ सम्बन्धन प्राप्त क्याम्पसले नवीकरण गरेका छैनन् । पटकपटक जारी गरेको सूचनालाई वेवास्ता गरेको भन्दै त्रिविले तत्काल नवीकरण नगरे सम्बन्धन खारेजी गर्ने चेतावनी दिएको छ ।

हाल सञ्चालनमा रहेका क्याम्पस÷कलेजहरूलाई (मिति २०७९।०९।२० तथा २०७९।१२।२८) सम्बन्धन नवीकरण गर्नका लागि सूचना जारी गरेको थियो ।

नवीकरण नगरे किन सम्बन्धन खारेज नगर्ने ? भन्ने सूचना सम्प्रेषण गर्दा पनि सम्बन्धन नवीकरण नगरेका क्याम्पसहरूको सूची समेत त्रिविले सार्वजनिक गरेको छ ।

त्रिवि सम्बन्धन समितिको निर्णय अनुसार नवीकरण नभएका उक्त क्याम्पसहरूलाई त्रिवि नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाउने व्यहोरा जानकारी गराइन्छ । यदि कुनै क्याम्पस नवीकरण प्रक्रियामा भएको भए यथासक्य आधिकारिक निस्सा प्रमाण सहित सम्बन्धित डिन कार्यालयमा पेस गर्न सूचना जारी गरेको छ ।

नवीकरण नभएका क्याम्पस

A Levels MA