CMAT

निजी कलेज सञ्चालकको व्यवहार प्रति त्रिविको भर्त्सना

Bachelors Portal

त्रिभुवन विश्वविद्यालयले पदाधिकारी माथि निजी कलेज सञ्चालकले गरेको अभद्र व्यवहारको  भर्त्सना गरेको छ ।

केही निजी कलेजले कार्यक्रम थप गर्ने निर्णयको विषय उठाई रजिष्ट्रार,कार्यालयका प्रमुख एवं अन्य कर्मचारीहरू माथि अमर्यादित तथा अभद्र व्यवहार गरेको जनाएको छ ।

त्रिविले विज्ञान तथा प्रविधि, व्यवस्थापन र मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गतका व्यावसायिक तथा प्राविधिक विषयका कार्यक्रमहरू विस्तार तथा थप गर्ने विषयमा निजी कलेज सञ्चालकले अभद्र व्यावहार गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘त्रिवि कार्यकारी परिषद्बाट निर्णय भई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्यूएए प्राप्त गरेका सम्बन्धन प्राप्त क्याम्पसहरूमा शैक्षिक कार्यक्रमहरू थप गर्न प्रकृया अगाडि बढाउने निर्णयको र बैशाख १९ गते मंगलबार दिउसो १ः३० बजे शिक्षण संस्थाको गुणस्तर मापनको मुख्य आधार मानिएको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्यूएए नै प्राप्त नगरेका केही निजी क्याम्पसका करिब बिसजना जति सञ्चालक–व्यवस्थापकहरू विना जानकारी रजिष्ट्रारको कार्य कक्षमा प्रवेश गरी अभद्र व्यवहार गरेको हुँदा विश्वविद्यालय घोर भर्त्सना गर्दछ ।’ विज्ञप्तिमा उल्लेख गरेको छ ।

Thuprai - Books and E-books
I Tech store