A Levels MA

थप ४४ विद्यालयमा प्राविधिकधारको पठनपाठन हुने (विद्यालयको विवरणसहित)

थप ४४ विद्यालयमा प्राविधिकधारका विद्यालय सञ्चालनका लागि नेपाल सरकारले छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरबाट शैक्षिक सत्र २०७७ देखि प्राविधिकधारको पठनपाठनका लागि अनुदान प्रदान गर्ने गरी छनोट गरेको हो ।

मन्त्रालयका अनुसार प्रदेश एकमा १० विद्यालय, प्रदेश २ मा ५ विद्यालय, बागमती प्रदेशका ७, गण्डकी प्रदेशका ६, प्रदेश नं. ५ मा ६, कर्णाली प्रदेशका ३ र सुदुर पश्चिम प्रदेशका ७ वटा विद्यालयमा प्राविधिकधारको पठनपाठन गराइने भएको मन्त्रालयले जानकारी दियो ।

आर्थिक सर्वेक्षण २०७६–७७ अनुसार ७५३ स्थानीय तह मध्ये ६०७ स्थानीय तहमा प्राविधिक धारको विद्यालय सञ्चालनमा आइसकेका छन् । शैक्षिक सत्र २०७५–०७६ मा १०३ स्थानीय तहमा प्राविधिकधारको विस्तार गरिएको थियो । यो वर्ष कोरोना महामारीको प्रकोपका बावजुद ४४ विद्यालयमा प्राविधिक धारको विस्तार गर्न लागिएको मन्त्रालय स्रोतले जानकारी दियो ।

यो वर्ष प्राविधिकधार विस्तार गरिएका विद्यालयको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्ः

Thuprai - Books and E-books