After SEE Portal

शिक्षक कर्मचारीले वृत्तिमा उच्च शिक्षा अध्ययन गर्न पाउने

Bridge Course

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले वृत्तिमा उच्च अध्ययनका लागि आवेदन आह्वान गरेको छ ।

त्रिवि जनशक्ति विकास तथा कल्याण कार्यक्रम आव २०७९–८० अन्तर्गत त्रिविका शिक्षक र कर्मचारीहरूको वृत्ति विकासका लागि जनशक्ति विकास तथा कल्याण कार्यक्रम शिक्षकहरूका लागि विद्यावारिधि र एम फिल तह र कर्मचारीहरूका लागि विद्यावारिधि र एम फिल, स्नातकोत्तर तथा स्नातक तह अध्ययनका निमित्त आवेदन माग गरेको हो ।

त्रिविका उपत्यका भित्रका क्याम्पस–कार्यालयहरूमा न्यूनतम ३ वर्ष स्थायी सेवा पुगेका तथा उपत्यका बाहिरका क्याम्पस–कार्यालयहरूमा २ वर्ष स्थायी सेवा पुगेका हालसम्म कार्यरत रहेका र ५० वर्ष उमेर ननाघेका शिक्षक कर्मचारीले आवेदन दिन सक्ने त्रिविले जानकारी दियो ।

तोकिएको विषय अनुसारको संख्यामा आन्तरिक र खुल्ला तर्फ आवेदन दिन इच्छुक योग्य शिक्षक, कर्मचारी तथा त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पस–कार्यालयहरूमा कार्यरतले ३५ दिनभित्र त्रिविको जनशक्ति विकास तथा कल्याण कार्यपद्धति २०७५ को अनुसूची १ अनुसार फाराम भर्नु पर्ने सूच्नामा उल्लेख छ ।

विज्ञापन सम्बन्धी त्रिवि। जनशक्ति विकास तथा कल्याण कार्यपद्धति २०७५ मा तोकिए बमोजिमको आवेदन फाराम तथा अन्य विस्तृत व्यहोरा सहितको विवरण त्रिविको वेबसाइट www.tribhuvan-university.edu.np  बाट जानकारी प्राप्त गरी डाउनलोड समेत गर्न सकिनेछ ।

 

A Levels MA
Thuprai - Books and E-books