शिक्षकको जिल्लान्तर सरुवा नहुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरुको जिलान्तर सरुवामा रोक लगाएको छ । शिक्षक दरबन्दी मिलान तथा शिक्षक सेवा आयोगले रिक्त दरबन्दी विवरण प्राप्त भइसकेकाले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अर्को सूचना जारी नहुन्जेल सम्मका लागि शिक्षकको जिलान्तर सरुवा नगर्न ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गरेको छ ।

केन्द्रमा विभिन्न इकाईहरुबाट जिल्लान्तर सरुवा सम्बन्धमा निर्देशन माग भएकोे भए पनि हाल शिक्षक दरबन्दी मिलानको कार्य भइरहको र यो कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने हुदा जिलान्तर सरुवा रोक लगाइएको केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाले जानकारी दिए ।

शिक्षक दरबन्दी मिलानका लागि विकास केन्द्रको पूर्व अनुमतिमा गरिने जिल्लान्तर सरुवा बाहेक सबै तह र श्रेणीका शिक्षकहरुको जिल्लान्तर सरुवा अर्को सूचना प्रकाशन नभए सम्म रोक्का गरिएको र सोको निर्देशन सबै इकाईलाई हिजो दिइएको निर्देशक कोइरालाले बताए ।

Thuprai - Books and E-books