विश्वविद्यालय अनुदान आयोगले दोस्रो पटक उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तर सुधार कार्यक्रम, विद्वतवृत्ति, अनुसन्धान सहायता लगायतका श्रीर्षकमा पुनः प्रस्ताव माग गरेको छ ।
आयोगले पहिलो पटक कार्तिक १३ गते सूचना प्रकाशित उच्च शैक्षिक संस्थाहरूको प्रशासनिक तथा भौतिक सुविधा विकास, अनुसन्धान पूर्वाधार तथा संस्कृतिको विकास र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन कार्यक्रमका साथै उच्च शैक्षिक संस्थामा , क्षमता अभिवृद्धि कार्यक्रम, तालिम र छात्रवृत्तिलगायतका विभिन्न कार्यक्रमहरूका लागि प्रस्तव माग गरेको हो ।
उच्चशिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोगको कार्यक्रम कार्यविधि, २०८० मा तोके बमोजिमको ढाँचामा रही छुट्टाछुट्टै आवेदन र प्रस्ताव माग गरेको हो ।