After SEE Portal

त्रिविद्वारा बार्षिक उत्सवको अवसरमा शिक्षक, कर्मचारी र विद्यार्थी पुरस्कृत

Bridge Course

 

बेरुजु फस्र्यौट कार्यमा उत्कृष्ट नतिजा प्राप्त गर्ने त्रिविका कर्मचरी पुरस्कृत

त्रिधभुवन विश्वविदालयले आर्थिक बर्ष २०७६–०७७ को नीति तथा बेरुजु फस्र्यौट कार्यमा उत्कृष्ट नतिजा प्राप्त गर्ने निकाय प्रमुखहरुलाई सम्मान गरेको छ ।

त्रिविले आफ्नो मातहतमा रहेर २५ वर्ष सेवाअवधि पुरा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा पदक तथा प्रमाणपत्र प्रदान  गर्न आयोजित ‘दीर्घसेवा पदक तथा प्रमाणपत्र’ वितरण कार्यक्रममा सम्मान गरेको हो । सो कार्यमा संलग्न निकाय र  संलग्न लेखा प्रमुखहरुलाई नगदपुरस्कार सहित सम्मान गरेको छ । 

त्रिवि केन्द्रीय कार्यालय आर्थिक प्रशासन महाशाखा प्रमुख कुमारप्रसाद हुमागाई र तत्कालीन ऋण सापटी तथा सञ्चयकोष शाखाका प्रमुख सुनिल बस्न्यात, नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डा दिननाथ पराजुली र आर्थिक प्रमुख रोशनी चित्रकार, पोखरा नसिङ्ग क्याम्पसका क्याम्पस प्रमुख नीता ताम्राकार र आर्थिक प्रमुख पुष्पराज पौड्याल, स्नातकोत्तर क्याम्पस विराटनगरका तत्कालीन क्याम्पस प्रमुख महेश कुमार खत्री र आर्थिक प्रमुख गजेन्द्रनारायण कर्ण,लाई समन गरेको छ ।

त्यस्तै, नेपाल भाषा केन्द्रीय विभागका प्रमुख प्राडा ओमकारेश्वर श्रेष्ठ र आर्थिक प्रमुख दीपक संजेल, द्वन्द्वदशान्ति तथा विकास अध्ययन केन्द्रीय विभागका प्रमुख पिताम्बर भण्डारी र आर्थिक प्रमुख जीवन राजभण्डारी, राजनीतिकशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा रामकृष्ण तिवारी र आर्थिक प्रमुख विश्वनाथ खनालका साथै शिक्षा विकास तथा अनुसन्धान केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्राडा जीवनाथ धिताल र आर्थिक प्रमुख सविना श्रेष्ठलाई त्रिविले समन गरेको छ । 

विद्यार्थीलाई विविध पुरस्कार वितरण

त्रिवि समन्वय महाशाखाको संयोजनमा बार्षिक रुपमा प्रदान गरिँदै आएको ‘श्रीकृष्णचन्द्र रेग्मी’ पुरस्कार आव २०७५–०७६ का लागि जैविक प्रविधि केन्द्रीय विभागका छात्रा सविना प्रजापति र आव २०७६–र०७७ का लागि जैविक प्रविधि केन्द्रीय विभागकै छात्र रक्की महर्जनलाई प्रदान गरिएको छ ।

त्यस्तै, ‘श्रीबाबुकृष्ण रिजाल’ पुरस्कार आव २०७५–०७६ का लागि नेपाली इतिहास,संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका छात्र कविरमान नापित र आव २०७६–०७७ को लागि उक्त विभागकै छात्र भरत महर्जनलाई प्रदान गरेको छ ।

त्यसैगरी,  ‘श्री बेलुविश्वेश्वर चटौत स्मृति’ पुरस्कार भाषा विज्ञान केन्द्रीय विभागमा शैक्षिक बर्ष २०७१–२०७३ मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्र भविन्द्र कुमार राई र शैक्षिक बर्ष २०७३–२०७५ मा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याउने महेश सिंह साउदलाई प्रदान गरिएको छ ।

दीर्घ सेवा पदक तथा प्रमाणपत्र वितरण

त्रिभुवन विश्वविद्यालयले त्रिविले ६३ औं बार्षिक दिवसको उपलक्ष्यमा विश्वविद्यालय सेवामा २०७८ चैत मसान्त भित्र २५ बर्षसम्म सेवा पुरा गरेका प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा पदक तथा प्रमाणपत्र प्रदान गरेको हो ।

सम्मानित हुनेमा प्राध्यापक, सहप्राध्यापक, उप्राध्यापक एवम् प्रशिक्षक र उपप्रशिक्षक गरी ८४ जना र विभिन्न प्रशासनिक एवम् प्राविधिक पदमा कार्यरत  १८१ गरी जम्मा २ सय ६५ जनालाई सम्मान गरेको हो ।

त्रिभुवनस्मृति भवन कीर्तिपुरमा आयोजित दीर्घसेवा पदक तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्वोधन गर्दै त्रिविका उपकुलपति प्राडा धर्मकान्त वास्कोटाले भने, ‘जीवनका २५ औं महत्वपूर्ण बर्षहरु विश्वविद्यालयका लागि समर्पित गर्नुहुने सम्पूर्ण शिक्षक कर्मचारीहरुमा उच्च सम्मान व्यक्त गर्दै प्रतिकूल परिस्थितिमा पनि त्रिविलाई विश्वका उत्कृष्ट उच्च शैक्षिक संस्थाको रुपमा अघि वढाउन योगदान दिने सबैलाई धन्यवाद ज्ञापन गर्छु ।’

उच्चशिक्षाको ऐतिहासिक धरोहर त्रिभुवन विश्वविद्यालयले बर्षौ देखि अनेकौ शैक्षिक एवम् प्रशासनिक चुनौतीहरु सामना गर्दै परिस्थिति अनुकूल आफूलाई रुपान्तरण गर्ने दृढ इच्छाशक्ति प्रकट गर्दै आइरहेको जानकारी दिँदै उनले आर्थिक अनुशासन कायम गर्न, शैक्षिक प्रणालीलाई व्यवस्थित गर्न र प्रशासनिक अनुशासन स्थापना गर्न सम्पूर्ण निकाय प्रमुखहरुलाई प्रभावकारी अनुगमन र मूल्याङ्कन गरी आफ्ना निकायहरुमा समन्वयकारी भूमिका निर्वाह गर्न समेत आग्रह गरे ।

उपकुलपति प्राडा बास्कोटाले आगामी बर्षदेखि उत्कृष्ट शिक्षक तथा कर्मचारी चयन गरी शिक्षकरकर्मचारीहरुलाई उत्साहित गराउने योजना रहेको बताए  ।

दीर्घसेवा पदक तथा प्रमाणपत्र वितरण कार्यक्रमको अध्यक्षता गरेका त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा लालुप्रसाद पौडेलले त्रिवि सेवामा महत्वपूर्ण योगदान पु¥याउनुहुने सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई शुभकामना व्यक्त गरे ।

त्रिवि सेवा अयोग त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्ट बनाउन सम्वन्धित सवै पक्षहरुसँग सहकार्य गरिरहेको बताए ।

त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले त्रिविलाई वर्तमान अवस्थामा ल्याइ पु¥याउन सिर्जनशिल भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण अग्रजहरुलाई स्मरण गर्दै व्याप्त सम्पूर्ण चुनौतीहरु समाना गर्दै विश्वविद्यालयले मुलुकलाई आवश्यक पर्ने प्रशासनिक,प्राविधिक एवम् व्यवस्थापकीय सवै प्रकारका नेतृत्व गर्न सक्ने सक्षम जनशक्ति उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरे ।

त्रिविका रजिष्ट्रार एवम् ६३ औं बार्षिक दिवस मूल समारोह समितिका संयोजक प्राडा पेशल दाहालले मुलुकमा त्रिविनै उच्चशिक्षाको पहिलो रोजाइ रहेको उल्लेख गर्नुहुँदै हाल उच्चशिक्षाको ८० प्रतिशत जिम्मेवारी त्रिविसँग रहेको बताए

उनले भूमण्डलीकरण र विश्वव्यापीकरणका कारण विश्वमा नवीनतम् दृष्टिकोण विकसित हुनुको साथै सूचना तथा प्रविधिको प्रयोग बढिरहेकोले त्रिविलाई भविष्यमा थप प्रविधिमैत्री बनाउदै सवै प्रकारका सेवाहरु प्रविधिको प्रयोगमार्फत उपलब्ध गराउनुपर्ने, शिक्षक तथा कर्मचारीहरुलाई प्रविधिको प्रयोगमा जोड दिन समेत आग्रह गरे ।

त्रिविको नेतृत्वमा रहेको आफूहरु शिक्षक तथा कर्मचारीहरुसँग सहकार्य गदै सवैलाई साथमा लिएर शैक्षिक उन्नयनको वाटोमा अग्रसर हुन तयार रहेको भन्दै फरक मत र विरोधका शैलिहरु परिर्वतन गरी शैक्षिक संस्थालाई बन्दगर्ने गलत प्रवृत्तिलाई बढावा दिन नहुने विचार समेत व्यक्त गरे ।

नेपाल प्राध्यापक संघका अध्यक्ष प्राडा बुद्धबहादुर थापाले देशलाई गतिशिल बनाउने सवैप्रकारका जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय प्रभावकारी,नतिजामूलक एवम विश्वसनीय हुनुपर्ने धारणा राख्दै मुलुकले गौरव गर्नलायक संस्थाको रुपमा विकसित गराउन सरकार,पदाधिकारी,प्राध्यापक,कर्मचारी,विद्यार्थी र अभिभावकहरुले सचेत भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले देशकै पुरानो सरकारी विश्वविद्यालयको गरिमा वोकेको त्रिभुवन विश्वविद्यालयमा कार्यरत शिक्षक कर्मचारीको भविष्य अन्यौल हुने स्थिति आउन नदिन सम्वद्ध सवैपक्षलाई एकजुट हुन समेत आग्रह गरे ।

त्रिवि कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष छत्रबहादुर कार्कीले बार्षिक रुपमा कार्यगर्ने उत्कृष्ट शिक्षक तथा कर्मचारी छनौट गरी प्रोत्साहन गर्नुहुन पदाधिकारी समक्ष अनुरोध गरे ।

 

 

A Levels MA
Thuprai - Books and E-books