After SEE Portal

शिक्षकलाई निर्वाचनमा निजामती कर्मचारी सहरकै जिम्मेबारी दिनु पर्ने

Bridge Course

नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले निर्वाचनमा शिक्षक खटाउँदा निजामती कर्मचारीलाई सरह पद दिनुपर्ने माग राखेको छ ।

महासङ्घले आज एक विज्ञप्ति प्रकाशन गर्दै विगतका निर्वाचनमा शिक्षकलाई निर्वाचन सम्बन्धी जिम्मेवारी प्रदान गर्दा निजामती सेवाको समान तथा तल्लोतहको पदभन्दा तल राखी जिम्मेवारी दिएको पाइएकोले यस पटकको निर्वाचनमा तह र मर्यादालाई ख्याल राखी सोही अनुसार निर्वाचन टोलिमा जिम्मेवारी प्रदान गर्ने प्रबन्ध गर्न अनुरोध गरेको छ।

महासङ्घले विज्ञप्ति प्रकाशन गर्दै शिक्षकको तह श्रेणी र निजामती सेवाको समान तहको पद अनुसार प्रावि तृतीय श्रेणीलाई खरिदार सरह, प्राविद्वितीय र निमा तृतीयलाई नासु सरह, निमा द्वितीय र मावि तृतीया श्रेणीलाई शाखा अधिकृत सरह, निमा प्रथम र मावि द्वितीयलाई उपसचिव सरह र मावि प्रथम शिक्षकलाई सहसचिव सरह जिम्मेबारी दिन विज्ञप्तिमार्फत माग राखेको छ ।

A Levels MA
Thuprai - Books and E-books