After SEE Portal

संघीय र स्थानीय सरकारको निर्णय फरक हुँदा मारमा शिक्षक

Bridge Course

कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय गत वैशाख १३ गते नै बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसारमन्त्रिपरिषद्को बैठकले देशभरका सबै विद्यालय अर्को सूचना नभएसम्मका लागि भौतिक उपस्थिति बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षणसिकाइ गर्न निर्देशन दिइसकेको छ । तर केही स्थानीय तहले संघीय सरकारको निर्देशनलाई वेवास्त गर्दै आफू अनुकूलको निर्णय गर्दै आएका छन् ।

केही स्थानीय तहले सरकारको निर्देशन अनुसार विद्यालयमा भौतिक उपस्थिति बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षणसिकाइ गर्दै आएका प्रधानाध्यापकलाई कसको अनुमतिमा विद्यालय बन्द गरेको भन्दै फोन आउने गरेको प्रधानाध्यापकहरु बताउँछन् । सहर क्षेत्रका भन्दा दुर्गम क्षेत्रका पालिका प्रमुखले आफूहरुलाई बारम्बार फोन गरेर अनिवार्य विद्यालयमा उपस्थित हुनै पर्ने निर्देशन दिने गरेको दुखेसो इडियुपत्रसंग गरे । संघीय सरकार बन्द गर भन्द स्थानीय विद्यालय जानै पर्छ भन्ने निर्देशन दिन्छ तर दुर्गमका  विद्यार्थी वैकलिपक सिकाइबाट समेत वञ्चित छन् कुनै सरकारले यस विषयमा सोच्न समेत सकेको छैन ।

काभ्रेको तेमाल गाउँपालिकाले आजदेखि सात दिन सम्म विद्यालयमा विद्यार्थीको भौतिक उपस्थिति नगराउने तर विद्यालय प्रशासन दैनिक रुपमा सुचारु गर्ने निर्देशन दिएको छ ।

गाउँपालिकाभित्रका सबै विद्यालयलाई स्वास्थ्य सम्बन्धि मापदण्ड पूर्ण रुपमा अपनाई विभिन्न वैकल्पिक माध्यमबाट विद्यार्थीहरुको बार्षिक परिक्षाको तयारी गराउने, सबै विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु अनिवार्य विद्यालयमा उपस्थित भइ हाजिरी पुस्तिकामा हाजिर गरी बैकल्पिक माध्यमबाट विद्यार्थीहरुलाई सिकाई सहजीकरण गर्न निर्देशन दिएको छ ।

साथै गाउँपालिकाको निर्देशन विपरीत तेमाल भन्दा बाहिर अन्यत्र जिल्लामा गई कोभिड पोजेटिभ लगायत अन्य रोग लागेमा सो को सम्पूर्ण जिम्मेवार स्वयम शिक्षक नै हुनु पर्ने सार्वजनिक सूचना जारी गरी जानकारी दिएको छ।

गाउँपालिकाले आफ्नो निर्देशन नमान्ने शिक्षक तथा कर्मचारीहरुलाई नियमानुसार कारवाही गरिने निर्णय भएको प्रशासकीय अधिकृत लक्ष्मण कुइकेलले जानकारी दिए ।

केही पालिकाले निषेधाज्ञा जारी गरेपनि विद्यालयमा शिक्षक अभिवार्य उपस्थित हुनै पर्ने निर्देशन जारी गरेका छन् । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले हिजो वैशाख २५ गतेदेखि बिहान ६ बजेदेखि वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरे पनि विद्यालयमा शिक्षक अनिवार्य उपस्थित हुनै पर्ने निर्देशन जारी गरेको छ ।

स्थानीय सरकार र संघीय सरकारको जातोमा अहिले दुर्गमका शिक्षक पिल्सिएको शिक्षकहरु गुनासो गर्दै आएका छन् । एकातिर शिक्षकलाई कोरोनाबाट सुरक्षित राख्नका लागि कोरोना विरुद्धको खोपका लागि पहल नगर्ने, वर्सौदेखि रोकिएर रहेको शिक्षकको ग्रेडवृद्धि, कासमु लगायतका कार्य प्रभवित हुँदासम्म केही बोल्न नसक्ने स्थानीय सरकार अहिले संघीय शिक्षा ऐन जारी भएर अधिकारको किटानी नै नभएको अवस्थामा शिक्षकलाई औँलामा नचाउन खोजेको तेमाल गाउँपालिकाको एक विद्यालयमा विगत १० वर्ष अगाडिदेखि शिक्षण गर्दै आएका शिक्षकले बताए । ‘हामी संघीय र स्थानीय सरकारको जाँतोमा पिल्सियौं ।’ ती शिक्षकले भने, ‘हाम्रो काँधमा सिंगो राष्ट्र निर्माणका योद्धा जन्माउने अभिभारा छ, संभव भएसम्म हामी आफ्नो पेसाप्रति कटिवद्ध भएर लागेका छौं तर आजभोलि नियन्त्रण र हस्क्षेप बढी भएका कारण पेसाप्रति नै उदासिनता छाएको छ ।’

A Levels MA
Thuprai - Books and E-books