A Levels MA

इलाम नगरभित्रका शिक्षक आलोपालो विद्यालय जानै पर्ने

कोभिड १० को पछिल्लो संक्रमणको अवस्थाका कारण सरकारले देशभरका विद्यालयमा हुने भौतिक उपस्थितमा हुने क्रियाकलापमा रोक लगाएको छ । उपत्यकाका तीन जिल्ला सहित कोभिड अति प्रभावित जिल्लाहरुले निषेधाज्ञा जारी गरिसकेका छन् ।

सरकारले विद्यालयमा प्रत्यक्ष उपस्थित भई पठनपाठन गर्न निषेध गरेको र निर्देशन नमान्ने र संक्रमित भएमा सरकार जिम्मेवार नहुने, उपचार स्वयंले गर्नुपर्ने भन्ने विज्ञप्ति निकालेको अवस्थामा केही पालिकाहरु र प्रधानाध्यापकहरुले शिक्षकहरुलाई विद्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने उर्दि जारी गरेको भन्दै शिक्षकहरुले विभिन्न माध्यमबाट विरोध जनारहेको समयमा इलाम नगरपालिकाले कोभिड १९ को संक्रमणका कारण विद्यालयमा पठनपाठन र परीक्षाका कार्य नभए पनि अन्य कार्यहरु नियमित गर्नका लागि नगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सार्वजनिक सूचना मार्फत निर्देशन दिएको छ ।

विद्यालयका दैनिक प्रशासनिक कार्यहरु,नो कस्ट, लो कस्टका शैक्षिक सामग्रीहरुको निर्माण,शैक्षिक अनुसन्धान प्रतिवेदन तयारी र शैक्षिक कार्ययोजना निर्माणका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गरी प्रधानध्यापकले आलोपालो पद्धति अनुसार शिक्षक तथा कर्मचारी खटाउन निर्देशन दिएको छ ।

साथै पालोका कारण अनुपस्थित हुने शिक्षक तथा कर्मचारीको हकमा प्रधानाध्यापकले कोभिड काज जनाउने जानकारी दिएको छ । संक्रमण दर घट्दै गई सहज भएमा परीक्षा सञ्चालन तथा व्यावस्थापनका कार्यलाई अगाडि बढाउनु पर्ने भएकोले वार्षिक परीक्षाको तयारी अवस्थामा रहन घरमै सुरक्षित रहि बालबालिकाको पठनपाठनलाई नियमितता दिन नगरपालिकाले अभिभावकहरुलाई अनुरोध गरेको छ ।

Thuprai - Books and E-books