After SEE Portal

शिक्षक महासंघले भोलि आन्दोलन औपचारिक रुपमा घोषणा गर्ने

Bridge Course

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रति असहमति जनाउँदै आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ । आन्दोलन परिचालन समितिको वैठक सम्पन्न भएको र नयाँ चरणको आन्दोलन भोलि पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिने महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन् ।

सरकारले आधिकारिक रुपमा  महासंघसँग नयाँ ऐन सम्बन्धमा आवश्यक सहकार्य र छलफल नगरी शिक्षक–कर्मचारीका मागमुद्दा र हकहित माथि षडयन्त्र गर्न खोजेको भन्दै आन्दोलनको घोषणा गर्ने तयारी गरेको हो ।

महासंघको आज बसेको बैठकले दई चणमा आन्दोलन गर्ने निर्णय गरेकोे छ । पहिलो चरण अन्तर्गत २८ गते पालिकाहरुमा माग र सुझाबसहितको ज्ञापनपत्र बुझाउने, ३० गते जिल्लामा र ३२ गते प्रदेश सरकार समक्ष ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

त्यसैगरी शिक्षा ऐन सम्बन्धी विधेयक संसदमा पेश भएर सार्वजनिक भएपछि दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको छ । 

यस भन्दा अगाडि महासंघले विज्ञप्ति जारी गर्दै शिक्षक–कर्मचारीका मागमुद्दा र हकहित माथि हुने कुनै पनि प्रकारको षडयन्त्र वा धोकाका प्रयत्न नगर्न र गरे कडा प्रतिरोध गर्ने चेतावनी दिँदै आएको छ ।

 

A Levels MA