After SEE Portal

अनलाइन शिक्षाका लागि पोख्त बन्दै शिक्षक

Bridge Course

​कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अहिले शिक्षा क्षेत्र पनि प्रभावित छ । विद्यालयहरु खुल्न सकेका छैनन् भने परीक्षा स्थगन छ। 

वार्षिक शैक्षिक क्यालेण्डर नै लागू नहुने यो स्थितिमा नेपाल शिक्षक महासङ्घको पहलमा कक्षा १० (एसइई) का विद्यार्थीलाई सहयोग पु-याउने उद्देश्यले विद्यार्थी हेल्प डेस्कको स्थापना गरिएको छ । सातवटै प्रदेशमा मुख्य पाँच विषयका शिक्षक समावेश गरी गत चैत १३ गतेदेखि यो डेस्कबाट अनलाइन सहयोग भइरहेको छ । डेस्कले जिल्लामा विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी अनलाइन तालिम शुरु गरेको हो । 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीले शिक्षकका लागि समयसापेक्ष तालिमद्वारा प्रशिक्षित गर्न दैनिक पठनपाठन क्रियाकलापमा आवश्यक आधारभूत तालिमको सञ्चालन गरिरहेको छ ।

सङ्गठनका जिल्ला अध्यक्ष रोमहर्षण पौडेलका अनुसार गत चैत २२ गतेको जिल्ला समितिको अनलाइन बैठकको निर्णयअनुसार दैनिक बिहान ११ बजे अनलाइन तालिम सञ्चालन गरिएको हो । “फेसबुक मेसेन्जरमा पर्याप्त सहभागी हुन नसक्ने अवस्थालाई हेर्दै जुम एपबाट तालिम शुरु गरेका हौँ”, उहाँले भन्नुभयो । तालिमको नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापाले उद्घाटन गर्नुभएको थियो ।

यस अवधिमा शिक्षाविद् प्रा डा विद्यानाथ कोइराला, अध्यक्ष थापा, शिक्षा तथा मानव संशाधन विकास केन्द्रका महानिर्देशक डा तुलसीप्रसाद थपलिया, डा शेषकान्त पङ्गेनी, लक्ष्मण शर्मालगायतका विज्ञबाट तालिमको सहजीकरण गरिएको छ । 

तालिमप्रतिको आकर्षण बढिरहेको जनाउँदै सङ्गठनका जिल्ला सचिव तीर्थराज ढकालले तालिम अवधिकै बीचमा गत चैत २९ गते सङ्गठनको ४१औँ स्थापना दिवस रर यही वैशाख १ गते नयाँ वर्ष २०७७ को शुभकामना आदानप्रदानसमेत अनलाइन प्रविधिकै उपयोगबाट गरिएको छ ।

अध्यक्ष पौडेलले समापनका अवसरमा ‘महामारीका अवस्थामा शिक्षा’ विषयमा शिक्षकका पेशागत सङ्गठन, शिक्षाविद्, नेपाल सरकारका प्रतिनिधि, अभिभावकका प्रतिनिधि तथा विद्यार्थी प्रतिनिधिसमेतको उपस्थितिमा समूहगत छलफल गरी प्राप्त सुझाव नेपाल सरकारलाई बुझाइने बताउनुभयो ।

अनलाइन तालिमको प्रभावकारिता बढ्दै गएको अवस्थामा जिल्लामा अन्य पेशागत सङ्गठनहरूले पनि अनलाइन प्रशिक्षण थालेका छन् । शिक्षक सङ्गठन कास्कीको सूचना तथा प्रविधि विभागको पहलमा गुगल क्लास पनि सञ्चालनमा गरिएको छ । आम शिक्षकलाई प्रविधिमैत्री बनाइ कोरोना महामारीकै अवस्थामा पनि भर्चुअल कक्षामार्फत सिकाइ क्रियाकलाप सञ्चालन गर्ने योजना रहेको विभागका संयोजक दामोदर तिमिल्सिनाले बताउनुभयो 

A Levels MA