After SEE Portal

शिक्षक विद्यार्थीले सियुजी सिम सम्बन्धी गुनासो सिधै गर्न सक्ने

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखाले गुनासो व्यवस्थापन प्रणाली लागु गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत मंसिर १६ गते जारी गरेको विद्यालयमा सञ्चार सञ्जालीकरण कार्यविधि, २०७७ तथा विद्यार्थी र शिक्षक विच वैकल्पिक पठनपाठनका लागि उपलब्ध गराएको सियुजी सिम सम्बन्धी केही गुनासो भएमा सरोकारवालाले दूरसञ्चारले तयार गरेको एप्लिकेसन मार्फत सोझै गुनासो दर्ता गर्न सक्ने केन्द्रका निर्देशक माधवप्रसाद दाहालले बताए ।

निर्देशक दाहालका अनुसार विद्यार्थी, शिक्षक र अभिभावकहरूका गुनासो व्यवस्थापन गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणले तयार गरेको सो एप्स प्राधिकरणको वेबसाइटमा राखिएको छ ।

A Levels MA
Thuprai - Books and E-books