After SEE Portal

शिक्षक सेवा आयोगले विज्ञ सूची अद्यावधिक गर्ने

Bridge Course

शिक्षक सेवा आयोगले विभिन्न तह र श्रेणी आन्तरिक प्रतियोगिताको विभिन्न परीक्षालाई थप प्रभावकारी बनाउन विज्ञ सूची अद्यावधिक गर्ने भएको छ ।

आयोगबाट सञ्चालन हुने परीक्षा तथा नतिजालाई स्तरिकृत बनाउन तथा उत्तरपुस्तिका परीक्षणमा विश्वसनीयता कायम गर्न विज्ञ सूची अद्यावधिक गर्ने भएको हो ।

यसका लागि आयोगले शिक्षाशास्त्र विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको, माध्यमिक तहको स्थायी शिक्षक वा संगठित संस्थाको कम्तीमा अधिकृतस्तरमा तीन वर्ष काम गरेको र विश्वविद्यालयमा कम्तीमा तीन वर्ष सम्म उपप्रध्यापक पदमा स्थायी नियुक्ति लिई  काम गरेको व्यक्तिलाई विज्ञ सूचीमा छनोट गरिने  आयोगका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए ।

आगोगले विज्ञ सूचीमा पर्नका  लागि  भदौ ३० गते भित्र आयोगको ठेगानामा आयोगको ठेगाना वा सिधैं आयोगमा  आफ्नो व्यक्तिगत विवरण पठाउन आग्रह गरेको छ । 

आयोगले गत असोजमा लिएको तीनैे (माध्यमिक, निम्न माध्यमिक र प्राथमिक) तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाको नतिजा निराशाजन आएपछि विज्ञ सूची थप्ने लागेका आयोगका एक अधिकारी बताए । उनले भने, ‘आयोगले लिएको परीषाको नतिजाले नेपालका विश्वविद्यालयलाई नै चुनौती दिएको हुनाले विज्ञ सूची परिवर्तन गर्न लागिएको हो ।’

A Levels MA
Thuprai - Books and E-books