After SEE Portal

शिक्षकको कार्यसम्पादन मूल्याङ्कन प्रभावित

Bridge Course

कोरोना भाइरस (कोभिड १९) का कारण शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन (कासमू) प्रभावित भएको छ ।

विश्व नै विषम परिस्थितिमा जुधी रहेको हुँदा देशका सम्पूर्ण विद्यालयहरू गत चैत्र ११ गतेदेखि पूर्ण रूपमा बन्द भएकोले शिक्षकहरूको कासमू प्रभावित भएको हो ।

नयाँ शैक्षिक सत्र सुरु भएको ३० दिन भित्र सम्बन्धित विद्यालयमा कासमू फारम भरी बुझाउनु पर्ने  शिक्षक सेवा आयोग नियमावलीमा व्यवस्था गरिएको भए पनि कोरोनाका कारण देश बन्दावन्दी (लकडाउन) भई विद्यालय सञ्चालन हुन नसकेपछि शिक्षकहरूको कासमू प्रभावित भएको शिक्षक सेवा आयोगले जानकारी दियो ।

 सो नियमावली, २०५७ (संशोधनसहित)  को नियम ३२ (घ)को उपनियम ७ मा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकको कासमू सम्बन्धी व्यवस्थामा नयाँ शैक्षिक सत्र शुरू भएको ३० दिनभित्र कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित विद्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ ।

फाराम भर्न, दर्ता गराउन तथा मूल्याङ्कन गराउन नसकिएकोतर्फ आयोगको ध्यानाकर्षण भएको आयोगका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद अर्याललले बताए ।

शैक्षिक वर्ष २०७६ को कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने, दर्ता गर्ने र मूल्याङ्कन गर्ने कार्यको लागि विद्यालयहरू नियमित सञ्चालन भए पश्चात आयोगले निश्चित अवधि सहित पुनः सूचना प्रकाशन गरिने प्रमुख अर्यालले आज एक विज्ञप्ति प्रकासित गरी जानकारी दिए ।

देश कोरोना सङ्क्रमण नियन्त्रणका लागि लक बन्दाबन्दीको अवस्थामा रहेकोले मौजुदा प्रबन्ध अनुसार अहिले कासमू फारम भरी बुझाउने सकिने अवस्था नभएको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले बताए । ‘देशको अवस्था सामान्य भई सबै विद्यालय सुचारु भएपछि फारम भरी बुझाउन पाउने व्यवस्था गर्न शिक्षक सेवा आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सार्थक पहल भइ रहेको छ ।’ महासचिव सुवेदीले भने, ‘ देशको परिस्थितिलाई मध्यनजर गरी सम्बन्धित निकायबाट यसको उचित समाधान खोज्न अनुरोध गर्छु ।’

A Levels MA