After SEE Portal

शिक्षकको कार्यसम्पादन मूल्यांकन प्रभावित, छुट शिक्षकले भदौं १२ भित्र फारम भरिसक्नु पर्ने

Bridge Course

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको कार्य सम्पादन मूल्यांकन प्रभावित भएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको ३० दिन भित्र गरिसक्नु पर्ने कासमू कतिपय विद्यालयमा विद्यालय व्यवस्थापन समिति नहुनु, कतिपय स्थानीय तहमा शिक्षा शाखाका कर्मचारीको पदपुर्ति नहुनु र स्थानीय शिक्षा शाखामा आवश्यक कर्मचारी नहुँदा शिक्षकहरुको कासमू प्रभावित भएको हो ।

विद्यालय व्यवस्थापन समितिको गठन हुन नसक्नु, स्थानीय शिक्षा शाखामा कर्मचारी पदपुर्ति नहुँदा शिक्षकको कासमू प्रभावित । कासमु फारम भर्न छुट शिक्षकले भदौं १२ गते भित्र पारम  भरिसक्नु पर्ने  ।

शिक्षक सेवा आयोगले आज ७७ ओटै शिक्षा विकास तथा समन्वय इकाई र ७५३ वटै स्थानीय तहलाई गरेको पत्राचारमा शिक्षकको कासमू शिक्षक सेवा आयोग (दशौं संशोधन) नियमावलीको दशौं संशोधनले व्यवस्था गरे बमोजिम गर्न गराउन आग्रह गरेको छ । विभिन्न कारणले रोकिएको शिक्षकको कासमूका कारण शिक्षकहरुको बढुवा प्रक्रिया रोकिने हुँदा २०७४-०७५ मा नियुक्त भएका शिक्षकको कासमू निर्धारित समयमा गर्नगराउन आग्रह गरेको छ ।

नियमावली अनुसार कासमू शैक्षिक उपलब्धि बापत शिक्षकले प्राप्त गरेको अंक, शिक्षण कार्य सम्बन्धी अनुसन्धान र विशेष जिम्मेवारीको विवरणका आधारमा हुँदै आएको छ ।

कोभिड १९ का कारण वैशाख ३० गतेभित्र गरिसक्नु पर्ने कासमू अझै हुन सकेको छैन । सरकारले साउन ६ गते मध्यरातदेखि लकडाउनको अन्त्य गरेसंगै आयोगले शैक्षिक वर्ष २०७६ को कासमू फारम भर्न छुट भएका शिक्षकले साउन १५ देखि ३० दिन (भदौ १२) भित्र नियमावलीको दशौं संशोधन अनुसार भरिसक्नु पर्ने आज एक विज्ञप्ति निकाली सार्वजनिक गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books