शिक्षक सम्मानित

काठमाडौँ, ६ साउन (रासस) ः नेपाल शिक्षक महासंघले राष्ट्रिय अध्यक्ष बाबुराम थापासहित बाह्रौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित राष्ट्रिय समितिका पदाधिकारीलाई सम्मान गरेको छ । 

विश्व निकेतन मावि त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष तिलक कुँवर र उपमहासचिव कमला तुलाधर, नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्मालगायत सम्पूर्ण बाह्रौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित राष्ट्रिय समितिका साथै यस वर्षको एसइई परीक्षामा सामुदायिक विद्यालयमा उत्कृष्टता हासिल गर्न सफल विश्व निकेतन मावि त्रिपुरेश्वरका प्रधानाध्यापक हेरम्बराज कँडेललाई सम्मान गरिएको हो । 

राष्ट्रिय अध्यक्ष थापाले लामो समयदेखि थाती रहेको अस्थायी शिक्षकको आन्तरिक परीक्षा सम्पन्न हुनु नेपाली शिक्षक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । 

नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्माले चुनौतीपूर्ण परिस्थितिमा निर्माण भएको संगठनको गौरवपूर्ण इतिहासबाट शिक्षा लिँदै नेपाली शिक्षकका पेशागत हकहित र नेपालको शैक्षिक सुधारमा उज्यालो भविष्य निर्माण गरिने बताउनुभयो । 

Degrees offered in nepal
Counseling
Bachelors Portal