After SEE Portal

शिक्षणसँगै बाख्रापालन व्यवसायमा रमाउँदै शिक्षक

Bridge Course

शिक्षण पेसा अन्य पेसाभन्दा राम्रो भएन । सार्वजनिक पदवहाल गरेका अन्य कर्मचारीको जस्तो सेवा सुविधा भएन । त्यसमा पनि स्थायी शिक्षकको जस्तो भविष्य सुनिश्चित भएन भन्ने आम गुनासो यो पेसामा लागेका व्यक्तिहरुले गर्ने गरेका छन् । त्यसै पनि शिक्षण पेसामा अन्य पेसामा जस्तो आकर्षण छैन भन्ने युक्तिहरु नयाँ भने होइनन् । कतिपय अस्थायी शिक्षकहरुले आफ्नो स्थायित्वका लागि पटक पटक विभिन्न खालका आन्दोलन गर्दै आएको इतिहास जिउँदै छ ।

यो इतिहासभन्दा अलि फरक देखिएका छन् बागलुङ नगरपालिका–८ सिगानाका एक शिक्षक । स्थानीय भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक भद्रबहादुर कार्की शिक्षण पेशामा लागेको २३ वर्ष भयो । उनी अहिले सम्म स्थायी हुनसकेका छैनन् । उनलाई आफू स्थायी हुनका लागि अनेक खालका कष्ट गर्नुभन्दा आफ्नो शिक्षण पेसा सम्बन्धी चामलाई यथावत राख्दै व्यवसायिक बाख्रापालनतर्फ आर्कषित भएका छन् ।

जहाँ इच्छा, त्यहाँ उपाय भने जस्तै रोजगारीको अभावमा विदेश पलायन हुने युवाहरुका लागि अहिले उदाहरणीय बनेका छन् । प्रधानाध्यापक कार्की युवाहरुलाई विदेश पलायन हुनुभन्दा आफ्नै भूमिमा पैसा कमाउन सकिन्छ भन्ने सन्देश दिन आफै बाख्रापालन गर्न थालेको बताउँछन् ।

‘शिक्षण पेसामा म अभ्यस्त भइसकेको छु ।’ प्रधानाध्यापक कार्की भन्छन्, ‘बिहानबेलुकाको समयमा बाख्रा चराउने र डाले घाँस काट्ने गर्छु समय बचेमा शिक्षणका नयाँ पद्धतिका बारेमा अध्ययन गर्छु ।’

उनको फर्ममा अहिले उनकी श्रीमती लक्ष्मी कार्कीले सघाउँदै आएकी छिन् । यसरी अतिरिक्त व्यवसाय गर्दा शारिरिक तथा मानसिक श्रम गर्दा सन्तुष्टि समेत मिलेको प्रधानाध्यापक कार्की बताउँछन् ।

उनले बाख्रापालनका लागि पाँच रोपनीभन्दा बढी क्षेत्रफलमा निमारो, राई खनियो, दुदिलो, बेडुलोलगायतका डाँले घासको खेती लगाएका छन् । बाख्रापालन व्यवसायले तत्काल प्रतिफल नदिने भएपनि बार्षिक लगभग १० लाख आम्दानी गर्ने उनको लक्ष्य छ ।

प्रधानाध्यापक कार्कीको लक्ष्मी कृषि फर्ममा हाल खरी क्रस बोयर जातका ३५ बाख्राबोका छन् । कार्कीले खरिजातलाई विस्तारै हटाएर बोयर जातको बाख्रा पाल्ने योजना बनाउँदै आएका छन् । उनले बाख्रा पालनका लागि गोठमा भएको भैसी र गोरु बेचेर खोर निर्माण गरेका छन् । अहिलेसम्म करिब रु.चार लाखभन्दा बढी लगानी भइसकेको उनले बताए ।

राससका अनुसार, शिक्षण पेशामा अस्थायी भएका कारण सेवा निवृत्त हुँदा आर्थिक सुरक्षा नहुने तथा युवा पिढीलाई सन्देश दिने उद्देश्यले वैकल्पिक पेसा अगाँल्न थालेको उनको भनाइ छ ।

A Levels MA
Thuprai - Books and E-books