After SEE Portal

विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

Bridge Course

मकवानपुर जिल्लाको  मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे पक्राउ परेका छन् । आफ्नो विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरी हिजो उनलाई पकैँउ गरेको हो । 

आफैंले पढाउँदै गरेका  तीन् छात्राले शिक्षक  पाण्डेले आफूमाथि अभदै व्यवहार गरेको उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाण्डेलाई नियन्त्रणमा  लिएर अनुसन्धान  गरिरहेको जानकारी दियो ।

प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार पाण्डेलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।

A Levels MA
Thuprai - Books and E-books