After SEE Portal

शिक्षकको काज फिर्ता

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घातक रोग लागेर उपचाररतबाहेक काजमा रहेका सबै शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ ।

देशभरका सबै सामुदायिक विद्यालयमा काजमा कायरत शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको हो ।

आजको सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरुवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए । प्रवक्ता दाहालका अनुसार केही शिक्षक  आचारसहिंता भन्दा बाहिर गएर विद्यालय प्रशासन तथा सम्बन्धित निकायमा जानकारी नदिइ विद्यालयभन्दा बाहिर हरेको निवेदन परेको हुँदा आजको बैठकले उक्त निर्णय गरेको छ ।

मन्त्रालयमा शिक्षकहरूलाई विभिन्न अनावश्यक र अस्वाभाविक निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन अध्यापनमा समस्या परेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेका बाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन् ।

विभिन्न बाहानामा काठमाडौँमा काज मिलाएर  कामै नगरी तलव खाएको, नेपाल शिक्षक महासंघ लगायतका विभिन्न शिक्षक संघ संगठनका शिक्षक नेताहरू शक्तिको भरमा काजमा काम गर्दै आएका छन् ।

A Levels MA