After SEE Portal

विद्यार्थीलाई स्वीटर

Bridge Course

 

राप्ती नगरपालिकाले पहाडी क्षेत्रमा बसोबास गर्ने २० विद्यालयका दुई हजार ८०० बालबालिकालाई स्वीटर वितरण गरेको छ ।

नगरपालिकाको वडा नं १०, ११, १२ र १३ का विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो । नगर प्रमुख प्रभा बरालका अनुसार नगरपालिकाले बजेट विनियोजन गरी रु आठ लाख ६७ हजारको स्वीटर खरिद गरी वितरण गरेको हो ।

सो क्षेत्रमा ६० प्रतिशतभन्दा बढी चेपाङ समुदाय बसोबास गर्दछन् । विगत वर्षमा ती विद्यार्थीलाई देखाएर आर्थिक सङ्कलन गरी केही रकमको स्वीटर किनेर दिए पनि सबैले पाउन सकेका थिएनन् ।

प्रमुख बरालले यिनै विद्यार्थीलाई देखाएर आर्थिक चलखेल र दरिद्र बनाउने गरेपछि आफूले कसैलाई पनि स्वीटर बाँड्न नदिएर नगरपालिकाले नै स्वीटर दिएको बताउनुभयो ।

सो क्षेत्र जिल्लाको पहाडी ग्रामीण क्षेत्र हो । पहिले पहिले नयाँ मान्छे स्कूल क्षेत्रमा पुगेपछि विद्यार्थी भाग्ने गर्दथे तर पछिल्ला वर्षहरुमा विकास हुँदै गएपछि स्थानीयको जीवनस्तरमा सुधार हुँदै आएको छ ।

A Levels MA
Thuprai - Books and E-books