After SEE Portal

प्याब्सन अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित

Bridge Course

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर शाखा अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्  । प्याब्सन भक्तपुरको १५औँ जिल्ला अधिवेशनले अध्यक्षका अर्का प्रतिस्पर्धी सेमन्तराज सुवेदीलाई पछि पार्दै उनी विजयी भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा राजन कसपाल, उपाध्यक्षमा विणा पाण्डे, सचिवमा विजय कर्माचार्य, सहसचिवमा सोमकृष्ण प्रजापति, कोषाध्यक्षमा नारायणकृष्ण श्रेष्ठ, सहकोषाध्यक्षमा लक्ष्मी कुटु निर्वाचित भएको पूर्वअध्यक्ष चन्द्र अधिकारीले जानकारी दिए ।

यसैगरी सदस्यमा मिना महर्जन, सूर्य भण्डारी, लिलानाथ निरौला, खुल्ला सदस्यमा देवानन्द त्वाती, ईश्वरबहादुर श्रेष्ठ र महाधिवेशन प्रतिनिधिमा सानुराजा कार्की निर्विरोध निर्वाचित भएको उनले जानकारी दिए।

प्याब्सन मोरङमा पहिलो महिला अध्यक्ष

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा सीतला सुब्बा निर्विरोध निर्वाचित हुनुभएको छ । प्याब्सन मोरङको आज सम्पन्न १५ औँ जिल्ला अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । 

विसं २०४७ मा प्याब्सन स्थापना भएपश्चात् निर्वाचनबाट सर्वसम्मत् रूपमा निर्वाचित भएर नेतृत्वमा आएकी सुब्बा मोरङ प्याब्सनमा पहिलो महिला अध्यक्ष हुन्। यसगरी वरिष्ठ उपाध्यक्षमा प्रेमलाल सिंह सुवाल, उपाध्यक्षद्वयमा भक्तराज सुब्बा र सुरेन्द्र सुवेदी निर्वाचित भएका छन् ।         

यसैगरी सचिवमा जगतबहादुर बस्नेत, कोषाध्यक्षमा विष्णु डङ्गोल, सहसचिवद्वयमा मनोज रेग्मी र विकर्ण कार्की, सह–कोषाध्यक्षमा भुपाल बस्नेत निर्वाचत भएक छन् ।

यस्तै खुल्ला सदस्यमा रुद्र थापा, दीपकप्रसाद घिमिरे, कमलप्रसाद तिम्सिना र मणिराज भट्टराई निर्वाचित भएका छन् । भने पालिका तर्फबाट लेटाङबाट भोलानाथ पाण्डे, सुनवर्सीबाट कसराज राजवंशी, उर्लाबारीबाट रियन्द्रबहादुर थापा, मिक्लाजुङबाट अमित खड्का, पथरी शनिश्चरेबाट राजु तिम्सिना, रतुवामाइबाट छविलाल बाँस्कोटा, रङ्गेलीबाट जीवन खनाल, विराटनगरबाट सिएम श्रेष्ठ, कटहरीबाट सीताराम विक, बेलबारीबाट तेजबहादुर खत्री र सुन्दरहरैचाबाट अर्जुन ढकाल निर्वाचित भएक छन् ।

A Levels MA
Thuprai - Books and E-books