After SEE Portal

सर्वोच्च अदालतले शिक्षक लाइसेन्सको अझै गर्न सकेन फैसला

Bridge Course

काठमाडौं । शिक्षक लाइसेन्स विज्ञापन खारेजीको मुद्दाको अन्तिम फैसला भाद्र ३१ गते मंगलवार हुने भएको छ । भाद्र २९ गते हुने भनिएको फैसला ३१ गतेलाई सरेको हो ।

 माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले  शिक्षक लाइसेन्स विज्ञापन नं. ३५ को खारेजीको माग गर्दै गत साउन २८ गते सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।


                     


२४ भदौमा दोस्रो नम्बरमा पालो परेपछि कृषि विकास बैंकको पहिलो नम्बरको मुद्दाको बहस लम्बिएर पालो नपाएको मुद्दा भाद्र २९ गतेको लागि सरेको थियो ।


मुद्दाको पहिलो पेशी साउन ३० गते बुधबार १० बजेका लागि तोकिएको थियो । दोस्रो पेशी भदौ १० गतेलाई तोकिएको भएपनि स्थगित भइ पुनः १५ गतेलाई तोकिएको थियो । पछि, आयोगको उच्च अधिकारी झिकाउन भन्दै फेरी २२ गतेलाई सरेको थियो ।

 बहस सकिएर २४ गते फैसला सुनाउने भनिएपनि पुन २९ गतेलाई सरेको थियो । फेरी अहिले सरेर ३१ गते पुगेको छ ।

आयोगले खोलेको लाईसेन्सको परीक्षामा उल्लेख विज्ञापन नम्बर ३५ ले आफूहरुलाई समेट्न नसक्ने भन्दै युनियन (हिस्टुन) का अध्यक्ष पुष्प न्यौपाने सहित ६ जना शिक्षकहरुले मुद्दा दायर गरेका थिए ।

 शिक्षक सेवा आयोगले खुलाएको शिक्षक लाईसेन्सको विज्ञापनमा ३५ नम्बरको विज्ञापनले कक्षा ११ र १२ कक्षामा पढाउने शिक्षकहरुलाई नसमेटेको भन्दै अहिलेको विज्ञापनको खारेजी र नयाँ पाठ्यक्रम बनाइ सोहीअनुसार अर्को विज्ञापन गर्न माग राख्दै हिस्टुनले मुद्दा दर्ता गराएको थियो ।

A Levels MA
Thuprai - Books and E-books