After SEE Portal

विद्यालय भवन निर्माणमा सहयोग जुट्यो

Bridge Course

बेझाड, १८ माघ (रासस) : रामपुर नगरपालिका–२ स्थित कालिका प्राथमिक विद्यालयमा नयाँ भवन निर्माणमा सहयोग जुटेको छ । खुल्ला चौर, चौतारी, सामुदायिक भवन हुँदै हाल टहरामा सञ्चालित यस विद्यालयको पक्की भवन निर्माणमा रु ३३ लाख बराबरको रकम सहयोग प्राप्त भएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) मा पटकपटक यस विद्यालय भवनको समस्या सम्बन्धमा समाचार प्रकाशन भएपछि समाचारको प्रभावकै कारण भवन निर्माणमा आर्थिक सहयोग जुटेको छ । 

जापानी नागरिक काजुमासा काकीमी (ओकेबाजे)मार्फत चार कोठे भवनका लागि रु १० लाख र भौतिक योजना पुनःनिर्माण आयोजना पाल्पामार्फत दुई कोठे भवन निर्माण गर्न रु २३ लाख रकम सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक बाबुराम घिमिरेले बताउनुभयो । 

“अहिले ओकेबाजेमार्फत रु आठ लाखको चेक आइसकेको र दुई लाखपछि दिने सहमति भएको छ भने भौतिक योजना पुनःनिर्माण आयोजना पाल्पामार्फत रु २३ लाख रकमको काम गर्न अनुमति पाइसकिएकाले अब केही समयमा नै भवन शिलान्यास गरी काम शुरु गर्नेछौँ”, प्रअ घिमिरेले भन्नुभयो । 

शिक्षा शाखाको पहलमा भौतिक योजना पुनःनिर्माण आयोजना पाल्पामार्फत विद्यालयमा भवन निर्माणको योजना पार्न सफल भएको नगर शिक्षा अधिकृत रमाकान्त अर्याल बताउनुहुन्छ । विद्यालयमा टड्कारो रूपमा देखिएको शौचालय समस्या पनि समाधान गर्न नगरपालिकासँग छलफल भइरहेको अधिकृत अर्यालले बताउनुभयो । 

न्यून विद्यार्थीका कारण गाभिन लागेको यस विद्यालयमा गत वर्ष आठ विद्यार्थी वार्षिक परीक्षामा सहभागी थिए । विद्यार्थी कम भएपछि यसै शैक्षिक सत्रदेखि गाभिने तयारीमा रहेको विद्यालय अहिले पहिलेको ठाउँबाट केही तल बस्ती नजिकै सरेपछि भवन अभावको समस्या भएको हो । 

भवन अभावमा कहिले खुला चौर, चौतारी, सामुदायिक भवन हुँदै हाल टहरा निर्माण गरेर विद्यालय सञ्चालन भइरहेको छ । विद्यालयमा हाल ४५ विद्यार्थी, आठ शिक्षक कर्मचारी रहेका छन् । 

A Levels MA