A Levels MA

त्रिविका सम्बन्धन तथा आगिंक क्याम्पस विदा नगर्न सुझाव

विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयका सम्बन्धन तथा आगिंक क्याम्पसमा आइतबार विदा नगर्न  विद्यार्थीले सुझाव दिएका छन् ।

त्रिवि प्रशासनले विद्यार्थी संगठनसंग गरेको छलफलमा विदार्थीहरूले विदा नगर्न सुझाव दिएका हुन् । विद्यार्थीको क्रेडिट आवर नपुगेको, कोर्स नसकिएको तथा परीक्षा केन्द्र तय गर्दा कोर्स पुरा हुन नसक्ने कारण आइतबार विदा गर्न नहुने  विद्यार्थीले सुझाएका हुन् ।क्याम्पसमा पढाई हुने दिन १७० दिन हो ।

क्रेडिट आवर पनि नपुगेका कारण सबै विद्यार्थीले त्रिवि अन्तर्गतका क्याम्पस विदा दिन नहुने सुझाव दिएको  नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले  बताए । सरकारले जेठबाट लागु हुने गरि शनिबार र आइतबार दुई दिन विदा दिने निर्णय गरेको छ । 

Thuprai - Books and E-books