After SEE Portal

यस्ता छन् निवर्तमान शिक्षा मन्त्रीका प्रगति र उपलब्धि

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले  यो कार्यकालको लगभग अन्तिम चरणमा पुगेपछि आफ्नो प्रगति प्रतिवेदन सार्वजनिक गरेका छन् ।निवर्तमान  मन्त्री  पौडेलले २०७८ असोज २२ गते  पद वहालीपश्चात शिक्षा, विज्ञान तथा प्रविधिका क्षेत्रमा आफूले गरेका काम भन्दै विभिन्न शीर्षकमा १९ बुँदा प्रगति र उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री पौडेलले शिक्षाका विभिन्न योजनादेखि लिएर आवधिक योजनाको फेहरिस्त सार्वजनिक गरेका हुन् ।

सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका कार्यक्रमहरू र स्वीकृत कार्ययोजनाको आधारमा हालसम्म  भएगरेका कार्यको उनले बुँदागत रुपमा हासिल भएका मुख्य मुख्य उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।  जसमा सुदूरपश्चिम प्रदेशमा विश्वविद्यालयस्तरको मेडिकल कलेज स्थापनाको लागि गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माण, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन, २०७९ जारी भएको, मकवानपुर जिल्लाको चित्लाङमा विश्वविद्यालयको पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा रहेको  उल्लेख गरेका छन् । 

आर्थिक वर्ष २०७९/०८० मा थप १८ वटा गरी हालसम्म ८२ वटा उच्च शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चतता तथा प्रत्यायन प्रमाणपत्र प्रदान गरिएको विषय उनले आफ्नो प्रगति विवरणमा उल्लेख गरेका छन् ।

उनले १५ वर्षे दीर्घकालीन लक्ष्यसहितको शिक्षाको सोचपत्र २०७९ जारी, आर्थिक वर्ष २०७८–०७९ मा थप २० स्थानीय तहमा प्राविधिक धारको शिक्षा विस्तार गरी कुल ६५५ वटा स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुर्याइएको  उल्लेख गरेका छन् ।

यस्ता शिक्षा मन्त्रीका प्रगति र उपलब्धि

१. सुदूरपश्चिम प्रदेशमा विश्वविद्यालयस्तरको मेडिकल कलेज स्थापनाको लागि गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भएको,

२. मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन, २०७९ जारी भएको, मकवानपुर जिल्लाको चित्लाङमा विश्वविद्यालयको पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा रहेको,

३. योगमाया आयुर्वेद विश्वविद्यालय ऐन, २०७९ जारी भएको, संखुवासभा जिल्लाको अरुण उपत्यकामा विश्वविद्यालय निर्माण गर्न जग्गा प्राप्ति भएको,

४. विद्यालय शिक्षासम्बन्धी विधेयक, उच्च शिक्षासम्बन्धी विधेयक, प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी विधेयक तथा राष्ट्रिय योग्यता प्रारुपसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाइएको ।

५. आव २०७८–७९ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १ हजार ३ सय १० सामुदायिक विद्यालयमा २ कोठे भवन र १ हजार ६२ सामुदायिक विद्यालयमा ४ कोठे भवन निर्माण, २१८१ सामुदायिक विद्यालयमा डिजिटल पुस्तकालय र आईटी ल्याव स्थापना भएको, चालु आव २०७९–८० मा १००६ वटा विद्यालयमा ४ कोठे र १०१६ विद्यालयमा २ कोठे गरी मुलुकभरका जम्मा २०२२ वटा विद्यालय भवन निर्माणका लागि र आईटी ल्याव स्थापनाका लागि १४५२ विद्यालय छनौट भई वित्तीय हस्तान्तरणको क्रममा रहेको । यसै कार्यक्रम अन्तर्गत गत आव देखि १४० वटा विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा रहेको र चालु आव २०७९र८० मा थप १०० वटा विद्यालयमा यो कार्यक्रम विस्तार हुने क्रममा रहेको ।

६. राजनीतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीका विषयमा गठित जाँचबुझ समिति २०७३ को प्रतिवेदन कार्यान्वयन गरी द्वन्द्व पिडित शिक्षकहरूको व्यवस्थापन गरिएको,

 ७. शिक्षक सेवा आयोग नियमावलीको ११ औँ संशोधन गरिएको,

८. दस वर्षे विद्यालय शिक्षा क्षेत्र योजना स्वीकृत भई आर्थिक वर्ष २०७९र८० देखि कार्यान्वयनमा आएको,

९. प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सुधारका लागि १० वर्षे रणनीतिक योजनाको मस्यौदा तयार भएको ।

१०। लेटर ग्रेडिङ् निर्देशिका, २०७८, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढदैं कमाउदै कार्यक्रम

सञ्चालन कार्यविधि, २०७८, विपन्न लक्षित छात्रवृत्ती कार्यान्वयन मापदण्ड, २०७८, रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) नियमावली, २०७८, सिकाइ चौतारी विकास, सञ्चालन, प्रयोग र सम्भार कार्यविधि, २०७८ र परम्परागत शिक्षण सँस्था सञ्चालन तथा व्यवस्थापन मापदण्ड, २०७८ स्वीकृत भई कार्यान्वयन भइरहेको,

११. आर्थिक वर्ष २०७८-७९ मा अछाम, काठमाडौं, ताप्लेजुङ, बझाङ, सोलुखुम्बु र कैलाली, बाजुरा र बाँके जिल्ला साक्षर घोषणा भई ६१ जिल्ला साक्षर घोषणा भएकोमा आव २०७९-८० मा कञ्चनपुर जिल्ला थप भई हालसम्म ६२ जिल्ला साक्षर घोषणा भएका, गण्डकी, वागमती र प्रदेश १ गरी हालसम्म ३ वटा प्रदेश साक्षर प्रदेश घोषणा भएका,

१२. विद्यालय भवनको सम्पन्न हुँन बाँकी काममा निरन्तरता दिई सम्पन्न गर्ने उद्देश्यकासाथ केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ९शिक्षा० लाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा ल्याइएको, भुकम्पबाट क्षति भएका ७,५८३ ओटा विद्यालयमध्ये हालसम्म कुल ७,१९० ओटा विद्यालयको निर्माण कार्य सम्पन्न भएको,

१३.  शिक्षक अस्पताल निर्माणको लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्राप्त भै चितवन जिल्लामा निर्माण गर्न जग्गा प्राप्त हुने क्रममा रहेको,

१४. आर्थिक वर्ष २०७९र८० मा थप १८ वटा गरी हालसम्म ८२ वटा उच्च शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्रदान गरिएको,

१५. राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्रदान गरिने सेवालाई विकेन्द्रित गर्न सुदुरपश्चिम प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना र संचालनको लागि सहमति प्राप्त भएकोमा यस अघि नै मधेश प्रदेशको बर्दिबासमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा स्थापना भई सकेकोमा यस वर्ष लुम्बिनी प्रदेशको रुपन्देहीमा विधि विज्ञान प्रयोगशाला स्थापना भएको,

१६. विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अति आवश्यक पोषण र खाद्य उपलब्ध गराउने क्रममा स्थानीय उत्पादनको उपयोगलाई प्राथमिकता दिई दिवा खाजा कार्यक्रमलाई विस्तार गरी ७७ ओटै जिल्लाका कक्षा ५ सम्मका बालबालिकाको लागि दिवा खाजा कार्यान्वयन हुँदै आएकोमा आर्थिक वर्ष २०७९र८० मा कक्षा ६ सम्म विस्तार गरी कुल ४२ लाख ३९ हजार जना बालबालिकाहरूलाई दिवा खाजा उपलब्ध गराउने व्यवस्था गरिएको,

१७. शैक्षिक सत्र २०७९ मा कक्षा ९ सम्मका बालबालिकाहरूका लागि रंगिन पाठ्यपुस्तक उपलब्ध गराइएको,

१८. आर्थिक वर्ष २०७८र७९ थप २० स्थानीय तहमा प्राविधिक धारको शिक्षा विस्तार गरी कुल ६५५ वटा स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुऱ्याइएको,

१९. १५ वर्षे दीर्घकालीन लक्ष्य सहितको “ शिक्षाको सोचपत्र - २०७९” जारी गरिएको ।

 

A Levels MA
Thuprai - Books and E-books