After SEE Portal

शिक्षा सचिवमा सुवेदी

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नयाँ सचिवलाई ल्याइएको छ ।

नेपाल सरकारका सचिव रामकृष्ण सुवेदीलाई शिक्षा मन्त्रालयको जिम्मा दिइएको छ । शुक्रबार निर्णय भएको थियो भने आज उनले सरुवाको पत्र बुझेका छन् ।

सचिव सुवेदी यसअघि उपराष्ट्रपतिको कार्यालयमा थिए । शिक्षा मन्त्रालयका साविकका सचिव यादवप्रसाद कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ ।

सचिव सुवेदी शिक्षा सेवाबाट निजामती सेवामा प्रवेश गरेका हुन् । उनी शिक्षा सेवाका उपसचिव हुँदा खुला प्रतिस्पर्धाबाट प्रशासन सेवाको सहसचिवमा सफल भएका थिए । २०६९ सालमा शिक्षा मन्त्रालयको प्रशासन महाशाखामा सहसचिवको जिम्मेवारी पनि पूरा गरिसकेका थिए ।

 

A Levels MA