After SEE Portal

अध्ययन टोली गठन

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ को नयाँ पाठ्यक्रमको अध्ययन गर्न टोली गठन गरेको छ ।

हाल तयार गरिएको नयाँ ३२ विषयको पाठ्यक्रमको अध्ययन गरी पेस गर्न पाठ्यक्रम परिषदका सदस्य प्राडा लेखनाथ शर्माको नेतृत्वमा तीन सदस्य टोली बनेको मन्त्रालय सूत्रबाट थाहा भएको छ । सो ३२  विषयको पाठ्यक्रमलाई पाठ्यक्रम विकास केन्द्रको वेवसाइटमा राखी सात दिनभित्र सार्वजनिक गरी सुझाव माग गर्ने निर्णय भएको छ । सो तहको ४८ विषयको पाठ्यक्रम यस अघि नै स्वीकृत भएको छ भने ९९ बन्नु पर्ने छ ।

यसैगरी मन्त्रालयले सीटीईभीटीबाट सञ्चालित एसईईपछिको प्राविधिक विषयको अध्ययन र मानव श्रोत विकास केन्द्रअन्तर्गत सञ्चालित कक्षा ९–१२ को विषयलाई एउटै बनाउने गरी पाठ्यक्रम बनाउने कार्यदल गठन गरेको छ ।

यो कार्यदलको नेतृत्व पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहाललाई दिइएको छ ।

A Levels MA