Bachelors Portal

प्राविधिक एसएलसी प्रिडिप्लोमा गरेका विद्यार्थी कक्षा ११ मा भर्ना हुन पाउने

Managed Admission 2022

प्राविधिक एसएलसी प्रिडिप्लोमा गरेका विद्यार्थीलाई सामुदायिक विद्यालयको प्राविधिक धारको कक्षा ११ मा भर्ना लिइने भएको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को भदौ २८ को निर्णयले उक्त विषय पढेका विद्यार्थीलाई कक्षा ११ मा भर्ना लिने निर्णय गरेको हो ।

विगतमा एसएलसी÷एसइई परीक्षा उत्तीर्ण गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सञ्चालित प्राविधिक एसएलसी र प्रिडिप्लोमा गरेको विद्यार्थीले सामुदायिक विद्यालयमा सञ्चालित प्राविधिक धारको कक्षा ११ मा भर्ना गर्न चाहेमा भर्ना लिन सकिने केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

सो सूचनामा कक्षा ११ मा भर्नाका लागि तोकिएका मापदण्डका आधारमा मिल्ने विषयमा कक्षा ११ मा भर्ना भई विद्यार्थीले अध्ययन गर्न पाउने उल्लेख गरिएको छ ।

Select college / campus