A Levels MA

विद्यार्थीको मूल्याङ्कन पुरै पाठ्यक्रमबाट गर्नुपर्ने

विद्यार्थीको सिकाइ सहजीकरण गर्न तयार गरिएको पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ ले कक्षा विद्यालय तहको पाठ्यक्रम संकुचन गरेको भए पनि मूल्याङकन भने पुरानै आधारमा गरिने भएको छ ।

पाठ्यक्रम मूल्याङकन परिषद्ले निर्धारण गरेको एक शैक्षिक सत्रमा १०२० घण्टा पढाउनुपर्ने व्यवस्था अनुसार निर्धारित पाठ्यघण्टा कोभिड १९ का कारण पढाउन नसकिने भएपछि पाठ्यक्रमले निर्धारण गरेको छ । शिक्षकले सहजीकरण गर्नुपर्ने र शिक्षकको निर्देशनमा विद्यार्थीले सिकाइ गर्नुपर्ने विषयवस्तु मात्र छनोट गरिएको हुँदा पाठ्यक्रमले निर्धारण गरेको विशिष्टीकरण तालिका अनुसार नै मूल्याङकन गर्नु पर्ने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दहालले बताए । ‘केन्द्रले शिक्षकले सहजीकरण गर्नुपर्ने र शिक्षकको निर्देशनमा विद्यार्थीले सिकाइ गर्नुपर्ने विषयवस्तु मात्र छनोट गरेको हो ।’ उनले भने, ‘विद्यार्थी मूल्याङ्कनको सम्बन्धमा दुवै विषयवस्तुबाट मूल्याङ्कन गर्नुपर्ने हो वा होइन भन्ने द्विविधा भएको भनी बारम्बार सोधखोज हुन्छ, त्यसैले विद्यार्थीको आन्तरिक तथा बाह्य मूल्याङ्कन गर्दा पाठ्यक्रमले निर्धारण गरेका सबै विषयवस्तु (शिक्षकले सहजीकरण गर्नुपर्ने र शिक्षकको निर्देशनमा विद्यार्थीले सिकाइ गर्नुपर्ने) बाट गर्नुपर्छ।’

केन्द्रले यो विषयमा पहिलेदेखि नै स्पष्ट पारिरहेको र हिजोमात्र एक सूचना जारी गरी पाठ्यक्रमले निर्धारण गरेका सबै विषयवस्तु समेटी मूल्याङ्कन गर्न आग्रह गरिसेको उनले जानकारी दिए ।

Thuprai - Books and E-books