After SEE Portal

छात्रामाथि दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

Bridge Course

पछिल्लो समय आफ्नै शिक्षकले छात्रा माथि दुर्व्यवहार गरेका समाचार बाहिरिन क्रम बढ्न थालेको छ । आज मात्र चाबहिलको सेन्ट लरेन्स कलेजका विद्यार्थी छात्रा माथि दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका छन् । विद्यालयका कोअर्डिनेटर जनार्दन अधिकारीले  दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले काठमाडौंको गौशाला प्रहरी वृत्तअगाडि प्रदर्शन गरेका हुन्।

स्थानीय प्रशासन विद्यार्थी, अभिभावक र शिक्षकहरुबीच छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय, काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए ।

सामाजिक सञ्जालमार्फत् शिक्षकले छात्रालाई बन्धक बनाएर बर्सौं यौन शोषण गरेको घटना भर्खरै बाहिरिएको छ ।

इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलका तत्कालीन प्रिन्सिपल राज खड्काले दुई वर्ष सम्म स्कुलमा नै बन्धक बनाएर यौन शोषण गरेको पीडित छात्राले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छिन् ।

सामुदायिक निजी विद्यालयदेखि उच्च शिक्षामा अध्ययनरत छात्रा माथि पनि शिक्षकले दुव्र्यवहार गरेका घटना बाहिर आउन थालेका छन् । त्यसैगरी, गत फागुन सात गते चितवनको माडीस्थित एक विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।

माडी १ मा रहेको सोमेश्वर उच्च माविमा कक्षा(९ मा अध्ययनरत नाबालिका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक सुरज लामिछाने पक्राउ परे ।

मकवानपुरको बागमती गाउँपालिका ८ फापरबारीस्थित जनता माविका शिक्षकले छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै गत चैत्र २२ गते कक्षा ४–८ सम्म अध्यनरत विद्यार्थीले विद्यालयका तीन जना शिक्षकले सिलसिलेवार रुपमा दुव्र्यवहार गरेको भन्दै विद्यालयमा तोडफोड गरेका थिए ।

तीन शिक्षकहरुले गलत नियतले छात्राहरूमाथि दुर्व्यवहार गर्ने गरेको, गलत नियतले बारम्बार छात्राहरूको सम्वेदनशील अङ्गमा छुने गरेको भन्दै फागुन ११ गते अभिभावकले र फागुन २० गते विद्यार्थीहरूले विद्यालय प्रशासनमा मौखिक उजुरी गरेका थिए ।

त्यसपछि पुनस् चैत ७ गते विद्यार्थी तथा अभिभावकले संयुक्त रुपमा चैत ७ गते लिखित तथा मौखिक उजुरी दिएको विद्यालयका प्रधानाध्यापक बसन्त राईले बताए ।

वैशाख ४ गते नवलपरासीको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले विद्यालयमा तोडफोड गरे ।कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले संवेदनशील अंगमा छुने, अश्लिल भिडियो देखाउने गरेको भन्दै विद्यार्थीले विद्यालयमा तोडफोड गरे ।

पछिल्लो चार महिनामा एक दर्जन बढी छात्रामाथि यौन दुव्र्यवहार भएका घटना प्रहरीमा आएको अपराध अनुसन्धान महाशाखा काठमाडौंले जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books