After SEE Portal

१० वटा इन्जिनियरिङ कलेजका विद्यार्थी शुल्क समायोजनको माग गर्दै १५ दिन देखि आन्दोलित

Bridge Course

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान सम्बद्ध काठमाडौंस्थित १० वटा निजी कलेजका विद्यार्थीहरु विगत १५ दिन यता शुल्क समायोजनको विषयलाई लिएर आन्दोलनरत रहेका छन् । कोरोना महामारीको समयमा भर्चुअल माध्यमबाट पठनपाठन गराए पनि अन्य समयको जस्तै शुल्क उठाएपछि त्रिवि इन्जिनियरिङ संकायका विद्यार्थी आन्दोलनरत छन् ।

विद्यार्थीले अधिकांश क्याम्पस प्रशासनमा ताला लगाइदिएका छन् । सोही मध्ये जनकपुर इन्जिनियरिङ कलेजका विद्यार्थीले साङ्केतिक श्रद्धान्जली सभा गरेका छन् । महामारीका विच लामो समय विद्यार्थी क्याम्पस पुगेका छैनन् तर क्याम्पसले पुरै शुल्क लिएपछि विद्यार्थी आन्दोलित भएको विद्यार्थी सतिश झाले बताए  । ‘कलेजमा प्रशासक छैन, माग राख्ने निकाय छैन डीन कार्यलयले एक हप्ताका लागि परीक्षा आवेदन भर्ने समय थप गरेपनि अन्य माग सुनेको छैन ।’ उनी भन्छन्, ‘कलेजले अनलाइन कक्षा पढाएर प्रायोगात्मक कक्षा नै सञ्चालन नगरी पुरै शुल्क मागेपछि आन्दोलन सुरु भएको हो ।’

छैटौँ दिनको अनसनमा सहभागी विद्यार्थी । फोटोः प्रतिक 

हिमालय कलेज अफ इन्जिनियरिङ्गमा विगत १६ दिन देखि चर्केको आन्दोलन र छैटौँ दिन पनि रिले अनसन यथावत रहेको छ । महामारीका समयमा विदार्थीले ३५ प्रतिशत शुल्क छुटको माग गर्दै सञ्चालन गरेको रिले अनसन यथावत रहेको विद्यार्थी भिमराज कार्कीले बताए । विद्यार्थीको आवाज दबाउन खोज्ने र विद्यार्थीको समस्या कमाई खाने भाँडो बनाएको विद्यार्थीको आरोप छ ।

प्रयोगात्मक कक्षा लिनुपर्ने इन्जिनियरिङ विधाको पढाइ वैकल्पिक माध्यमबाट गर्ने तर, शुल्क चाहिँ ढाँड सेकिने गरी लिने क्याम्पसहरुको शैलीप्रति विद्यार्थीले गम्भीर आपत्ति जनाउँदै विगत दुईसाता यता अँन्दोलन गरिरहेका छन् । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त काठमाडौंका १० वटा निजी कलेजका विद्यार्थी रिले अनसन, धर्ना लगायतका आन्दोलन गरिरहेका छन् ।

हिमालय कलेज, नेशनल कलेज, काठफोर्ड इन्टरनेसनल कलेज, एड्भान्स्ड कलेज, सगरमाथा, जनकपुर र ललितपुर इन्जिनियरिङ कलेज, काठमाडौं र कान्तिपुर इन्जिनियरिङ कलेजमा विदार्थीले ताला लगाइ दिएका छन् ।

प्रयोगात्मक शिक्षणमा आधारित इन्जिनियरिङ शिक्षाको पढाइ अनलाइनमार्फत गराएर भौतिक रुपमा कक्षा लिए सरह शुल्क लिन नपाइने विदार्थीको माग छ । कलेजले प्याकेज सिस्टमा शुल्क उठाएकाले उक्त शुल्कमा छुटको माग गदैअनसन जारी राखेको विद्यार्थी रोशन मगर बताउँछन् ।

ललितपुर इन्जिनियरिङ कलेजका निर्देशक अर्जुन सिंह विद्यार्थीको व्यवहारले समस्या उब्जाएको बताउँछन् । ‘खर्च कतै कम भएको छैन, शिक्षकलाई तलब दिँनै पर्ने लगायतका काम भएपनि हामीले विद्यार्थीलाई कम्तीमा १३ प्रतिशत छुट दिने भनेका थियौं ।’ उनले भने, ‘अन्य कलेजको हावा आएर हाम्रोमा पनि सर्यो ।’

A Levels MA
Thuprai - Books and E-books