After SEE Portal

महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विद्यार्थीले ताला लगाई दिए

Bridge Course

इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा विद्यार्थीले आज तालाबन्दी गरेका छन् । त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्यन सस्थानबाट सम्बन्धन लिइ सञ्चालित बीएससी बागवानी विषय अध्ययनरत विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

विद्यार्थीहरुले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख कार्यकक्ष एवम् बागवानी विभागको कार्यलयमा ताला बन्दी गरेको बागबानी संघर्ष समितिका अध्यक्ष किशोर आचार्यले जानकारी दिए । ‘लामो समयदेखि हामी सार्वजनिक सेवा प्रवेशका लागि लोकसेवा आयोगको ढोका खुला गर्न र स्नातकोत्तर तहमा अध्ययन गर्न पाउनुपर्छ भन्ने विषयलाई लिएर आन्दोलनमा उत्रिएका छौं तर क्याम्पस प्रशासन र सारोकारवालाले हामीलाई वेवास्ता गरे ।’ उनले भने, ‘हाम्रो विषयमा पहल गर्न हामी सबैको ढोका पुग्यौं कसैले सुनुवाइ गरेन बाध्य भएर आज पदाधिकारीको कार्यकक्षमा ताला लगायौं ।’

क्याम्पससंग गरिएको वार्ता र छलफलबाट कुनैपनि निष्कर्ष ननिस्किएको मानिसको जिन्दगीको उर्वर समय तथा लगानी नै यो विषय पढ्दा खर्च गरिएको भए पनि राज्यले दक्ष प्राविधिकको पहिचान गर्न नसकेको विद्यार्थीको गुनासो छ । नेताको पहगरी गुथेर विना क्षमता सेवा प्रवेश पाउने देशमा दक्ष जनशक्तिको कुनै मुल्य नभएको, विद्यार्थीको भविष्य नै अन्धाकार तिर त्रिविले धकेलेको विद्यार्थीको गुनासो छ ।

सम्बन्धित निकायले यो विषयमा सुनुवाई नगरे जस्तो सुकै कदम चाल्न बाध्य हुने संघर्ष समितिले आज एक विज्ञप्ति जारी गरी चेतावनी दिएको छ । उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम् क्याम्पस प्रशासन हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मरब क्याम्पसमा बागबानी विषयमा २०६९ सालबाट पठनपाठन हुँदै आएको छ । सो विषयमा यो सो क्याम्पसबाट करिब १२० जना विद्यार्थी पास आउट भैसकेका छन भने करिब ११० जना विद्यार्थी अध्ययनरत छन् ।

कृषिलाइ कर्म बनाउने, कृषि कान्ति ल्याउने सपना बोकेर आफ्नो भविष्य खोज्दै देशैभरिका विद्यार्थीले महेन्द्र रत्न बहुमुखी क्याम्पसलाइ गन्तव्य बनाए पनि त्रिविले नै विद्यार्थीको भविष्यमा कुठराघात गरेको विद्यार्थीको आरोप छ ।

लामो समयदेखि विद्यार्थीहरु मापदण्ड पुगेका कृषि सेवा समूह (बागवानी, कृषि प्रसार, बाली संरक्षण, बाली विकास, माटो विज्ञान) मा लोकसेवाको सुनिश्चित हुनुपर्ने, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बागवानी सहित मापदण्ड पुगेका अन्य विषयहरुमा पनि स्नातकोत्तर सुनिश्चित हुनुपर्ने माग राखी आन्दोलन गर्दै आएका छन् ।

A Levels MA
Thuprai - Books and E-books