Bachelors Portal

एक दशकमा तीन दोब्बरले बढे विदेश जाने विद्यार्थी

Managed Admission 2022

आर्थिक वर्ष २०८० वैशाख एक गते देखि चैत ३० गतेसम्म कुल एक लाख १४ हजार ४२२ जना विद्यार्थी वैदेशिक अध्ययनमा जानका वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् ।

वैशाखदेखि चैत महिनासम्म वैदेशिक अध्ययनमा जानका लागि नेपालमा लोकप्रिय मानिएका विषयमा र भाषा अध्ययन गर्न जानेको संख्या उच्च रहेको छ ।

आर्थिक सर्वेक्षण २०८०–८१ अनुसार आर्थिक वर्ष ७६–७७ देखि ७७–७८ बाहेक हरेक वर्ष एनओसी लिनेको संख्या बढ्दो क्रममा रहेको छ ।

आर्थिक वर्ष २०७९–८० मा एक लाख १० हजार १२७, आर्थिक वर्ष २०७८–७९ मा एक लाख २ हजार ५०४, आव २०७७–७८ मा २८ हजार ८२३, आव २०७६–७७ मा ३३ हजार १९६, आव २०७५–७६ मा ६४ हजार ४१७, आव २०७४–७५ मा ५८ हजार ७५८, आव २०७३–७४ मा ५० हजार ७९६, २०७२–७३ मा ३७ हजार १४८ र आव २०७१–७२ मा ३० हजार ७९७ जनाले एनओसी लिएका थिए ।

यो तथ्यांकलाई एक दशकमा एनओसी लिनेको संख्या तीन दोब्बरभन्दा बढी पुगेको छ ।

भाषा पढ्न पनि विदेशिए

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक अनुसार जापानी भाषा अध्ययनका लागि वैशाख एक गते देखि चैत सम्म ३३ हजार १६१ विद्यार्थीलाई एनओसीले जारी गरिएको छ । कोरियन भाषाका लागि २६३ ओटा एनओसी जारी गरेको छ । अङ्ग्रेजीका लागि ३११ ओटा एन्ओसी जारी गरेको छ । त्यस्तै, विभिन्न भाषाका लागि ३४२ जनालाई एनओसी प्रदान गरिएको छ । भने, भोकेसनल टे«निङका लागि ९५ ओटा एनओसी जारी गरिएको छ ।

व्यवस्थापन पढ्न जाने धेरै

एनओसी जारी भएका विषय मध्ये विजशेन स्टडी, म्यानेजमेन्ट, इन्जिनियरिङ, हेल्थ, इन्फर्मेशन टेक्नोलोजी, साइन्स, हस्पिटालिटी, कम्प्युटर साइन्स, आर्टस्, साइन्स एण्ड टेक्नोलोजी लगातयका विषय पढ्न विदेशिने विद्यार्थीको संख्या बढी देखिएको छ ।

वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) शाखाका अनुसार भाषापछि धेरे विद्यार्थी विदेश जान भनेको म्यानेजमेन्ट पढ्नका लागि हो । चैत–वैशाखको अवधिमा विभिन्न देशमा व्यवस्थापन पढ्नका लागि विदेश जानेको संख्या २८ हजार ६९१ जना रहेका छन् । शाखाले यो वर्ष व्यवस्थापन अध्ययनका लागि अनुमतिपत्र प्रदान गरेको हो।

त्यस्तै बिजनेश स्टडीका लागि ११ हजार ३१५, इन्फरमेशन टेक्नोलोजी ६ हजार ८०३, साइन्स ४ हजार ८७१, हेल्थ ४, हजार ७५४, कम्प्युटर साइन्स ४ हजार २८३, इन्जिनियरिङ ४ हजार २७२, साइन्स एण्ड टेक्नोलोजी ४ हजार १५८, हस्पिटालिटीका लागि ३हजार १६ ओटा एनओसी जारी भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

गजब्बको विषय त धेरे विषयमा एक एक जनाले एनओसी लिएका छन् । धर्मशास्त्र (थोलोजी),साइन्स एण्ड टक्नोलोजी, प्याकल्टी अफ साइन्स एण्ड इन्जिनियरिङ, हस्पिटालिटि म्यानेजमेन्ट, एभिएसन–एयरवे म्यानेजमेन्ट एण्ड अपरेसन,फुड एण्ड ड्रग, अकाउन्टिङ, फाउन्डेसन, फरेन एफएयर, जोर्नालिजज्म, तथ्यांक शास्त्रका लागि एक एक जनाले एनओसी लिएका छन् ।

जापान जाने धेरै

जापानका लागि ३४ हजार ५८ जना, क्यानडाका लागि २१ हजार ३०९, अष्ट्र्लियाका लागि १८ हजार ७७९, युनाइटेड किङडम (युके)का लागि १२ हजार २८२ जनाले एनओसी लिएका छन् । त्यसैगरी, युनाइटेड स्टेट अफ अमेरिकाका लागि ८ हजार २५०, कोरियाका लागि ४ हजार ८८७, भारतका लागि ३ हजार ३७२, युएई २ हजार ३१३,फ्रान्स १ हजार ४०४, फिनल्याण्ड १ हजार २०३, न्युजिल्याड १ हजार ३७९ले एनओसी लिएका छन् ।

Select college / campus