After SEE Portal

हुम्लाको चिसामूल गाउँका बालबालिकालाई विद्यालय पुग्न समस्या

Bridge Course

हुम्ला, १४ वैशाख (रासस):  हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मा रहेको चिसामूल गाउँका बालबालिकालाई विद्यालय पुग्न समस्या भएको छ । वडा नं १ चिसामूल गाउँका १५ घरधुरीका २५ पाँचदेखि सात वर्षसम्मका बालबालिकाका लागि वाल विकास केन्द्र नहुँदा उनीहरू दुई घण्टासम्म हिँडेर अध्यानका लागि जाने गरेको स्थानयीवासी टसी विष्टले जानकारी दिनुभयो ।

अध्ययनका लागि गाउँमा उक्त केन्द्र नहुँदा वडा नं २ दुईमा रहेको गोक्पा गाउँकोे भानुभक्त आधारभूत विद्यालय पुग्न बिहान ७ बजे नै घरबाट निस्कने गरेको उहाँको भनाइ थियो । भिरको बाटो भएर विद्यालय जानुपर्ने भएकाले हावाहुरी र वर्षाको समयमा बालवालिकालाई विद्यालय पठाउन समस्या पर्दै आएको विष्टले जानकारी दिनुभयो ।

A Levels MA