काठमाडौं । विद्यार्थी संगठनहरु दिनप्रतिदीन कमजोर वन्दै गएका छन् । विद्यार्थीको हकहित र एजेण्डा स्थापित गर्ने उद्धेश्य लिएका विद्यार्थी संगठनहरु कमजोर भएको देखिएको हो ।
विद्यार्थी संगठनहरु विद्यार्थीका एजेण्डा र जनजिविकाका सवाललाई प्रमुख मुद्धाका रुपमा उठाउनु भन्दा पनि क्याम्पससंग मिलेमतो गर्दै विद्यार्थीबाट चर्को शुल्क असुल्ने गरेको पाइएको छ ।
विभीन्न कलेजहरुमा नाम निकाल्दीन्छु भन्दै चर्को मात्रामा विद्यार्थीबाटै शुल्क असुल्ने गरेको विद्यार्थी संगठनमाथि आरोप छ । केहि समय अघि प्रश्नपत्र आउट गर्दा विद्यार्थी नेताहरुनै पक्राउ परेका थिए ।
शुल्क बढेको वढै अहिले कक्षा ११ र १२ मा अभिभाबकहरुले मनपरी शुल्क तिर्न बाध्य छन् । तर, सरकारले कक्षा १२ सम्म निशुल्क शिक्षा भनेको छ ।
यातायातमा ४५ प्रतिशत, नारामा मात्रै सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत छुट उपलब्ध गराउनुपर्ने भनिएपनि पूर्णतः कार्यान्वयनमा आउन सकेको छैन । जसले गर्दा विद्यार्थीहरु मारमा परेका छन् । सो विषयमा विद्यार्थी संगठन तै चुप मै चुप भएर बस्ने गरेका छन् ।
छात्रवृत्ति कागजमा निजी विद्यालयहरुले १० प्रतिशत छात्रबृत्ति विद्यार्थीहरुलाई दिनुपर्ने प्राबधान कागजमा सिमीत छ । सो छात्रबृत्ति कतिपय बिद्यालयहरुमा विद्यालय सञ्चालकका आफन्तहरुले हडपेको गुनासो आउन थालेको छ ।
विद्यार्थीलाई ऋण खोई ? विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको धितोमा ऋण प्रदान गर्ने बिषय पनि थन्किएको छ । स्नातक तथा सोभन्दा माथिको शिक्षा आर्जन गर्न चाहने विद्यार्थीका लागि शैक्षिक प्रमाणपत्रका आधारमा निब्र्याजी ऋण उपलब्ध गराउने व्यवस्था छ । तर, विद्यार्थीहरुले सजिलैसंग पाउँदैनन् ।
मेडिकल कलेजको शूल्क असुली
केहि मेडिकल कलेजहरुले एमबिबिएस अध्ययन गरीरहेका विद्यार्थीहरुबाट २० लाख रुपैंया बढि रकम असुल्दा पनि विद्यार्थी संगठनहरु तातिएनन् । केहि समय आन्दोलन थालेपनि निष्कर्षमा पुग्न सकेन । जसकारण अहिलेसम्म बढि लिएको शुल्क फिर्ता गर्न मेडिकल कलेजले आनाकानी गर्दै आएका छन् ।
केहि विद्यार्थी नेताहरु नेताको निकट भएर बसेका छन् भने केहि विद्यार्थि नेताहरु कन्सल्टेन्सीका सञ्चालक र ठेकेदार छन् । जसले गर्दा विद्यार्थीका एजेण्डाहरु विस्तारै सेलाउँदै गएका छन् ।
कुनै समय राजनतिक र विद्यार्थी आन्दोलनलाई सार्थक बनाउन नेतृत्वदायि भूमिका निर्वाह गर्दै आएका विद्यार्थी संगठनहरु एजेण्डाविहीन हुँदा विद्यार्थी संगठनमाथिनै प्रश्न चिन्ह खडा हुन थालेको छ । विद्यार्थी संगठनहरुमाथि आवश्यक परेको वेला चन्दा उठाउने र आन्दोलनलाई सम्झौतामा टुग्याउँने आरोप लाग्ने गरेको छ ।
विद्यार्थी संगठनलाई पार्टीले हस्तक्षेप गर्दा अघि बढ्न नसकिएको नेविसंघका नेता कुन्दन काफ्लेले बताए । संगठन निर्माण कार्यले पूर्णता नपाउँदा विद्यार्थीका एजेण्डाहरु उठाउन नसकीएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए ।