दमकमा कडा निषेधाज्ञा जारी, त्रिविको परीक्षा यथावत

झापाको दमकमा कडा निषेधाज्ञा जारी भए पनि स्नातक तहको परीक्षा नरोकिने भएको छ । कोभिड १९ को संक्रमण तीव्र गतिमा बढ्न थालेपछि नगरपालिकाले भोलि बिहान चार बजेदेखि १७ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरेको भएपनि नगरपालिकाले नै सहजीकरण गरी परीक्षा सञ्चालन गरिने भएको हो ।

नगरपालिकाले जारी गरेको निषेधाज्ञामा सम्पूर्ण शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्ने उल्लेख गरिएको भएपनि विश्वविद्यालयले निर्धारण गरेको परीक्षा कडा सुरक्षाका साथ पालिकाले घरघर बाट विद्यार्थी ल्याउन सहजीकरण गरेर सञ्चालन गरिने नगर शिक्षा शाखा प्रमुख दिनेशकुमार न्यौपानले जानकारी दिए । 'नगरभित्र एउटा मात्र परीक्षा केन्द्र छ , सो परीक्षा केन्द्रमा पहिलो दिन गाडीले नै परीक्षार्थीलाई ल्याउने र दोस्रो दिन विद्यार्थीले आफैं परीक्षा हलसम्म पुग्ने वातावरण बनाउनु पर्नेछ । ' उनले भने, 'विश्वविद्यालयको परीक्षालाई प्रभवित हुन दिँदैनौं कडा सुरक्षा भित्र राखेर सञ्चालन गराउँछौं ।'

Degrees offered in nepal
Counseling
Bachelors Portal