A Levels MA

केएमसी स्कुल तनावग्रस्त

काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा तनावग्रस्त भएको छ । स्कुलभित्रै कर्मचारीको मृत्यु भएको विषयलाई लिएर आक्रोशित समूहले स्कुलमा तोडफोड गरेका छन् । ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ । स्थिति नियन्त्रणमा लिन विद्यालय परिसरमा स्थानीय प्रशासनले प्रहरी समेत परिचालन गरेको छ ।

काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेकी थिइन् । डेढ वर्षदेखि कार्यरत उनको हत्या भएको दाबी आफन्तले गर्दै आएका छन् ।

घटनाबारे जानकारी पाएलगत्तै विद्यालयमा भेला भएका आफन्त र प्रहरीबिच केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । गएराति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विशेषज्ञ गोपाल चौधरीसहितको टोली पनि स्कुल पुगेको र घटनाका बारेमा काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

Thuprai - Books and E-books