After SEE Portal

पाठ्यक्रम विकास केन्द्रको सरोकारवालालाई नयाँ पाठ्यक्रम लागु गर्न आग्रह

Bridge Course

लागु हुन दिँदैनौंः अध्यक्ष हिसान

कोरोनाको संक्रमणका बावजुद कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यन्वयनमा दुई पक्ष देखिएका छन् । एकातिर विद्यालय नै नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि आफूहरू सक्षम रहेको बताउँदै आएका छन् भने अर्कातिर निजी विद्यालयहरूको छाता संगठनहरू नयाँ पाठ्यक्रम लागु गर्न नदिने पक्षमा रहेका छन् ।

तयारी नपुगेको शिक्षक अभाव लगायतका कारण देखाउँदै हिसानले नयाँ पाठ्यक्रम लागु गर्न दिँदै नदिने अडान कायमै राखे पनि पाठ्यक्रम विकास केन्द्रले भने सरोकारवाललाई नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न आग्रह गरेको छ ।

नेपाल सरकारले लामो छलफल र बहसपछि तयार गरेको कक्षा ११ को नयाँ पाठ्यक्रम यसवर्ष देखि लागु गर्न पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले सरोकारवालालाई आग्रह गरेका छन् ।

‘लोकतान्त्रिक पद्धतिमा सरकारले नै विभिन्न संघसंस्था खोलेको हुन्छ उनीहरूलाई आआफ्नो विचार राख्ने स्वतन्त्रता छ, त्यही विचारलाई सम्मान गर्दै समयानुसार पाठ्यक्रम कार्यान्वयनको तयारी बढाउँदै र परिमार्जन गर्दै हामी जान्छौं ।’ शिक्षा पत्रकार समूहले आयोजना गरेको कक्षा ११ को पाठ्यक्रम कार्यान्वयन कसरी ? विषयक संवादमा बोल्दै उनले भने, ‘पुराना होइन नयाँ कुरा बच्चालाई सिकाउँदै जान्छौं । त्यसमा सुधार गर्दै जान्छौं त्यसैले कुनै दुविधामा नरहन र नयाँ पाठ्यक्रम लागु गर्न आग्रह गर्छु ।’

सो कार्यक्रममा आफ्नो प्रतिक्रिया दिँदै हिसानका अध्यक्ष रमेशकुमार सिलवालले नयाँ पाठ्यक्रम कुनै हालतमा लागु हुनुहुँदैन र लागु गर्नै नदिने चेतावनी दिए । ‘वर्तमान परिवेशमा कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु गर्ने अवस्था छैन ।’ उनले भने, ‘ नयाँ पाठ्यक्रम बनाएपछि सम्बन्धित मान्छेलाई जानकारी गराउनु पर्छ, लक्ष्य तथा उद्देश्य किटानी गर्नैपर्छ, ८५ वटा पाठ्यक्रम स्वीकृत गरेर २२ वटा पछि बनाउँछु भन्न पाइँदैन ।’ पूर्ण तयारी नभइ आएको हुँदा अहिले नै पाठ्यक्रम लागु गर्नु नहुनेमा अध्यक्ष सिलवालले जोड दिए । २ वर्ष परीक्षण गरेर मात्र लागु गर्नु पर्ने सुझाउँदै उनले भने, ‘शिक्षकलाई तालिम भएन, शिक्षक पर्याप्त छैनन्, अधिकांश् विदालयमा स्नातक डिग्री भएका मात्र शिक्षक छन, नयाँ हुने वितिकै सबै राम्रो, पुरानो नराम्रो हुन्छ भन्ने छैन र हुँदैन ।’

पाठ्यक्रमले नयाँ विषयवस्तु समेटेको भए स्वीकार गरेर नयाँ पन दिन सक्नुपर्ने एन प्याबसनका अध्यक्ष रितु सापकोटाले बताए । उनले तत्काल पाठ्यक्रम कार्यान्वय गर्दा विद्यालयमा शिक्षक व्यवस्थापनका पाटो जटिल हुने भन्दै जीवनोपयोगी सिप भनेको के हो भन्ने नै स्पष्ट नभएको धारणा राखे ।

आफ्नो विगत सम्झदै उनले भने, ‘पहिला नेपाल परिचय भन्ने विषय मलाई बोझ लाग्थ्यो, तर त्यो विषयले मलाई नेपालका विषयमा ज्ञानआर्जन् गर्ने मौका दियो । अहिले तीन वटा अनिवार्य विषयले विद्यार्थीको ग्रेडमा असर पार्नु हुँदैन । नेपालबाट उत्पादिन जनशक्ति अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अयोग्य हुनुहुँदैन ।’

कक्षा १२ सम्म माध्यमिक तह भए पछि कक्षा १० संग ११–१२ मा पाठ्यक्रमको लम्बीय तथा समानान्तर विषय वस्तु जोडिनुपर्छ । तर नयाँ पाठ्यक्रमको अन्तरसम्बन्ध कक्षा १० संग नभएको प्याबसनका अध्यक्ष टीका पुरीले बताए । ‘पाठ्यक्रम तयार छैन पाठ्यपुस्तक छाप्ने कलिहे ? विद्याथी माझ पुग्ने ? यस्तो ढंगले अघि बढ्ने सम्भावना छैन ।’ अध्यक्ष पुरीले भने, ‘अहिलेसम्म विद्यालयमा कुनै जानकारी हुन सकेको छैन निशेषआज्ञा होस् वा लकडाउन पाठ्यक्रम तयारीको कार्यलाई तीव्रता दिएर खाद्यन्न तथा औषधी जस्तै पाठ्यक्रम तयार गर्नुपर्छ, पाठ्यपुस्तक छाप्नुपर्छ ।’

सरकारले यो वर्ष लागु गर्न नसक्ने भए सरोकारवालालाई दुईतीन दिन भित्र जानकारी गराउँनु पर्ने उनले धारणा व्यक्त गरे । सो कार्यक्रममा आफ्नो प्रतिक्रिया दिँदै उनले भने, ‘शैक्षिक सत्र खेर नफाल्ने भए निश्चित मापदण्ड तयार गरेर सरकारले भदौ १५ भित्र विद्यालय सञ्चालन गनैपर्छ, जे छ त्यहीबाट शैक्षिक सत्र सञ्चालन गर्नुपर्छ ।’

हेरक देशको राजनैतिक, आर्थिक र सामाजिक परिवर्तनसंगै पाठ्यक्रम परिवर्तन हुने पाठ्यक्रमको विशेषता हो तर हाम्रो देशमा ठुलाठुला राजनैतिक परिवर्तन हुँदा पनि पाठ्यक्रम हुन सकेको छैनन । पाठ्यक्रम विज्ञ समूहबाट तयार भएको हुँदा यसको कार्यान्वयनमा सरकारले खुट्टा कमाउन नहुने विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले बताए । ‘ हाम्रो विद्यालयमा ११ –१२ मा १७ सय विद्यार्थी छन् । शिक्षक पनि छन् । हामी लागु गर्न सक्छौं ।’ उनले भने, ‘खोलो तर्न खोज्ने खुट्टा कमाउने कसैले गर्नुहुन्न, कोराना, बाढिपहिरो जस्ता वहानाले परिवर्तन रोकिनु हुन्न ।’

लामो समयदेखि निजी विद्यालय सञ्चालन गर्दै आएका नेपालगन्जका हिक्मत रावल पनि पाठ्यक्रम परिवर्तन सरकारले गतवर्ष हल्लामा टारेको बताउँछन् । ‘कोरोनाको कहर देखाए स्कुल कलेज बन्द छन् । कोर्ष लागु गर्ने कि नगर्ने ? सरकारले लागु गरे निजी विद्यालय लागु गर्न तयार छन् ।’ उनले भने, ‘पहिलो कन्फ्युजन कोर्ष नयाँ कि पुरानो ? भन्ने छ यो हटाएर लागु गरे हामी कार्यान्वयन गर्न तयार छौं ।’

सहमति पूर्वक स्वीककृत भएको पाठ्क्रम लागु गर्न कसैले पनि आनाकानी गर्न नहुने शिक्षाविद् विमल कुमार फुयाँलले बताए । नयाँ पाठ्यक्रममा मूल्यांकनका तरिका , सिकाइ सामग्री, शिक्षणका तौर तरिका तय गरिएको हुँदा लागु गर्दा विद्यार्थी मर्कामा नपर्ने उनको धारणा छ ।

कक्षा ११ को नयाँ पाठ्यक्रम २०७५ मा एक्सन प्लान तयार गरेर बनाइएको हो । पाठ्यक्रम जहिल पनि परिवर्तनशील भएका कारण समद सन्र्द अनुसार परिवर्तन तथा परिमार्जन हुँदै जाने महानिर्देशक दाहाललले जानकारी दिए । ‘पाठ्यक्रममा नै शिक्षणविधि र मूल्यांकन विधि तय गरेको छौं । बच्चाको सक्षमता किटानी गरिएको छ ।’ महानिर्देशक दाहाललले भने, ‘विद्यालयहरू पाठ्यक्रम केन्द्रित शिक्षणमा जाने हो भने सोचाइको दायरा पनि स्वतः फराकिलो हुन्छ, किताब होइन पाठ्यक्रम केन्द्रीत शिक्षण गर्नुपर्छ ।’

८५ वटा विषय मध्ये केही विषयको मात्र पाठ्यक्रम निर्माण हुन बाँकी रहेका छन् । बन्न बाँकी रहेका २२ वटा विषयको पाठ्यक्रम पनि केन्द्रले यसै वर्ष बनाउने उनले जानकारी दिए । नयाँ पाठ्यक्रम सम्बन्धी अनलाइनबाट शिक्षकलाई ओरेन्टेसन गर्ने तयारीमा रहेको केन्द्रले जानकारी दियो ।

यस्तो छ कक्षा ११-१२ को पाठ्यक्रम

A Levels MA
Thuprai - Books and E-books