After SEE Portal

उच्च शिक्षामा विद्यार्थी घटेपछि विकल्पको खोजी गर्न छलफल बढाउँदै सरोकारवाला

Bridge Course

विश्वविद्यालयका विभिन्न कार्यक्रममा विद्यार्थी घट्दै गएपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विभिन्न स्थानमा फरकफरक विश्वविद्यालयले सञ्चालन गरेका क्याम्पसहरूमा विद्यार्थी अभाव हुँदै गएपछि चिन्ता व्यक्त गरेका हुन् ।

करिब ४२ ओटा क्याम्पसमा (सय भन्दा कम २१ र दुई सयभन्दा कम २१) दुईसय पनि विद्यार्थी नभएपछि सरोकारवालाले क्याम्पस सञ्चालनमा नै चुनौती देखिएको औँल्याएका छन् । विद्यार्थी अभाव हुँदै गएपनि निकट भौगोलिक दुरी तथा समान प्रकृतिका कार्यक्रम सञ्चालन गर्ने क्याम्पसहरूलाई समायोजन गर्नुपर्ने आवश्यकता औँल्याउन थालेका छन् ।

आंगिक, सामुदायिक तथा निजी सबै प्रकारका क्याम्पसमा विद्यार्थी घट्न थालेपछि सरोकारवालाले मर्जरको आवश्यकता औंल्याएका हुन् ।

आज विश्वविद्यालय अनुदान आयोगले आयोजना गरेको ‘क्याम्पस मर्जरको आवश्यकता, चुनौती र संभावना विषयक नीति संवाद’ कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्र र छलफलमा सहभागीहरूले उच्च शिक्षा प्रणालीमा छरिएर रहेका कार्यक्रमलाई एकीकृत गरी गुणस्तरीय शिक्षामा विद्यार्थीको पहुँच वृद्धि गरी उच्च शिक्षा प्रदायक संस्थाको आर्थिक स्थिति, प्रतिस्पर्धात्मक क्षमता, आत्मनिर्भरतालाई ख्याल गरी क्याम्पसको मर्ज गर्नुपर्ने बताएका हुन् ।

घट्दै विद्यार्थी

सो कार्यपत्रमा प्रस्तुत कार्यपत्रमा सयभन्दा कम विद्यार्थी भएका आंगिक क्याम्पस २१, सामुदायिक २१८, निजी ३४५ गरी जम्मा ६२४ओटा भएको तथ्यांक सार्वजनिक गरिएको छ । त्यसैगरी दुई सयभन्दा कम विद्यार्थी भएका आंगिक २१, सामुदायिक १२१, निजी १३५ गरी जम्मा २७७ र पाँच सय भन्दा कम विद्यार्थी भएका आंगिक २९, सामुदायिक ११५, निजी १६४ गरी ३०८ ओटा रहेका छन् ।

त्यसैगरी पाँचसयभन्दा बढी विद्यार्थी भएका आंगिक ६९, सामुदायिक ७०, निजी ९२ गरी जम्मा २३१ ओटा क्याम्पस रहेको उल्लेख गरिएको छ ।

मर्जका चुनौती

सो कार्यपत्रमा प्रस्तुत कार्यपत्रमा फरक फरकउद्देश्य, अवस्था र स्वार्थबाट स्थापित भएका क्याम्पसहरूलाई समायोजन गर्न नै चुनौतीपूण हुने उल्लेख गरिएको छ । संस्थागत नेतृत्व गुम्ने हुँदा प्रतिरोध हुन सक्ने, मर्जका विषयमा विभिन्न समूहलाई बुझाउन र उत्प्रेरित गर्न चुनौतीपूर्ण हुने उल्लेख गरिएको छ ।

सो कार्यशालामा शिक्षा सचिव, काठमाडौं, पूर्वाञ्चल, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति, विभिन्न संकायका डिन प्रध्यापक लगायतको सहभागिता रहेको थियो । सो कार्यशालामा सहभागीलाई तीन समूहमा विभाजन गरी मर्जरका लागि सरोकारवालाको पहिचान, आपसमा मर्जर गर्नु पर्ने क्याम्पसको पहिचान र मर्जरका लागि आकर्षण विषयमा छुट्टाछुट्टै छलफल गरिएको थियो ।

विश्वविद्यालय अनुदान आयोगले क्याम्पसहरु मर्जरमा जान सक्ने गरी बाटो खुला गरेको अध्यक्ष प्राडा.देवराज अधिकारीले प्रतिक्रिया दिए ।  शिक्षा मन्त्रालयका सचिव, त्रिभुवन , काठमाडौं , पूर्वाञ्चल  र नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीसँग छलफलपछि क्याम्पसहरु मर्जरमा जान सक्ने गरी सैद्धान्तिक सहमति गरिएको छ ।

A Levels MA