४४ औं वार्षिकोत्सवको अवसरमा खेल सप्ताह

बुटवल देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको ४४ औं वार्षिकोत्सव समारोहको अवसरमा शुक्रबारबाट खेल सप्ताह सुरु भएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले विविएस र विएमएस प्रथमसत्रविच भएको छात्रा भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुदै खेल सप्ताहको शुभारम्भ गर्नुभएको हो ।

सहप्राध्यापक गोपाल प्रसाद पाण्डेको संचालन रहेको शुभारम्भ कार्यक्रममा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो भने खेल सप्ताह माघ २५ गतेसम्म सञ्चालन हुने छ ।

aक्याम्पसले साताव्यापी कार्यक्रमको आयोजना गर्दै फाल्गुन ६ गते मूल समारोहका बिच ४४ औं वार्षिकोत्सव मनाउदैछ । खेल सप्ताह अन्तर्गत भलिबल प्रतियोगिता, चेस प्रतियोगिता, बास्केटबल प्रतियोगिता, क्रिकेट प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, रसि तान्ने प्रतियोगिता, दौड प्रतियोगिता, टेवल टेनिस, हाजिरीजवाफ प्रतियोगिता, एक मिनेट कार्यक्रम लगायतका प्रतियोगिताहरु सञ्चालन गरिने ४४ औं वार्षिकोत्सव समारोह मुल संयोजक उपप्राध्यापक मधुकर शर्माले जानकारी दिनुभयो । सोही अवसरमा क्याम्पसको वार्षिकोत्सव समारोह भव्य रुपमा सम्पन्न गर्नका लागि १४ वटा विभिन्न उपसमितिहरु गठन गरिएको निमित्त क्याम्पस प्रमुख महेश प्रसाद चौधरी कुर्मीले जानकारी दिनुभयो ।शुक्रबार भएको भलिबल प्रतियोगिताको उद्घाटन खेलमा विविएस विजयी भएको छ भने दोश्रो खेलमा विविए आठौ सत्रविजयी भएको प्रचार उपसमिति  संयोजक उपप्राध्यापक पिताम्बर सापकोटाले जानकारी दिनुभयो।

Degrees offered in nepal
Counseling
Bachelors Portal